Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०३ गते आइतबार

सान्सद लक्ष्मि बिक सामाजिक सम्मानबाट सम्मानित

दुई दशक यता राजनीति तथा समाजिक क्षेत्रमा सक्रिय रहेकी सुदूरपश्चिम प्रदेशसभा सांसद लक्ष्मी विकलाई अभिनन्दन गरिएको छ । अर्थशास्त्री, पुर्व अर्थमन्त्री तथा राजदुत डा.यादव प्रसाद पन्तको ९९औँ जन्म जयन्तीको अवसरमा डा.यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सांसद विकलाई अभिन्दन तथा समाजिक सम्मान प्रदान गरिएको हो ।  

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेकी विक समाजमा व्याप्त हानिकारक प्रचलनहरु, जातीय भेदभाव तथा छुवाछुत, लैंगिक विभेद, अन्याय अत्याचारका विरुद्धमा अवाज उठाउने हक्की स्वभाव भएकी ब्यक्ति हुन । 

वि.स.२०५६ देखि अनेरास्ववियु (छैठौं) को सदस्यता लिई उक्त संगठनमा विभिन्न पद सम्हाल्दै  सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिला हुन । मसाल निकट जनमोर्चा नेपालमा एक दशक लामो राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरुका विभिन्न जिम्मेवारी रही ०६६मा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रमा आवद्ध युवा नेतृ विक हाल पार्टीको केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला ईन्चार्जको भुमिकामा छिन् ।

जातीय तथा लैंगिक विभेदको दोहरो उत्पीडन, विभेद, छुवाछुत र बहिस्करणमा परेका दलित र सीमान्तकृत महिलाहरुको हक अधिकार, आर्थिक, समाजिक र राजनीतिक सशक्तीकरणका उदेश्यले ०७१सालमा दलित महिला संघ दार्चुला नामक संस्था जिल्ला प्रशासन दार्चुलामा दर्ता गरि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय सहकार्य र सहयोगमा दलित गरिब तथा विपन्न महिलाहरुको शशक्तीकरण, क्षमता तथा नेतृत्व विकास, जिविकोपार्जन, समाजिक सचेतना, राजनीतिक सहभागीताका क्षेत्र उल्लेखनीय काम गर्दै आएको छ । 

टेवा नेपालको सहयोगमा यस संस्थाले दार्चुला जिल्लाका बाढी पहिरो पीडितहरुलाई खाद्यान्न आपुर्ति, गर्भवतीहरुलाई न्यानो कपडा, बालबालिकाहरुलाई स्टेशनरी, पोशाक लगायतका राहत समाग्री वितरण गरि प्राकृतिक प्रकोपमा समेत उल्लेखनीय कार्य गरे बापत डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विकलाई नगद पच्चीस हजार तथा सम्मान पत्र सहित समाजिक सम्मान गरेको सांसद विकको सचिवालयले जनाएको छ ।
 


#लक्ष्मि बिक सम्मानित

प्रतिक्रिया