Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०४ गते सोमबार

भासि दुर्घटनामा चालककाे मृत्यु श्रीमती घाईते

कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।

सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भाँसीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतृकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


#स्कुटि दुर्घटना

प्रतिक्रिया