Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर ०७ गते बिहिबार

महाकाली नदिको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी दुई निर्माण कम्पनीले ठेक्का हालेका छन् । भीमदत्त नगरपालिका स्रोतका अनुसार महाकाली नदिको नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि दुई वटा निर्माण कम्पनीले ठेक्का हालेका छन् ।

अब थप कानुनी प्रक्रिया पुरा गरेर केही दिनमै नदिजन्य पदार्थको विक्र तथा संकलनका लागि घाट खुल्ला गरिने नगरपालिका स्रोतले बताए । नगरपालिकाले महाकाली नदिबाट नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि २०८० कात्तिक २० गते न्यूनतम कबोल अंक ६ करोड ८४ लाख १२ हजार ४७८ रुपैया ६० पैसा भ्याट बाहेक दोस्रो पटक सूचना प्रकाशित गरी टेण्डर आवहन गरेको थियो ।

प्रतिक्रिया