Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०८ गते शुक्रबार

कर्कले पुलकाे जमिन भासियाे, दुर्घटनाकाे जाेखिम बढ्याे ।

दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालीका-३ कर्कले स्थित चमेलिया नदीमा रहेकोे कर्कले पुल भासिएकाे छ । 

शैल्यशिखर-३ र बैतडीको डिलाशैनी गाउँपालिका-३ जोड्ने चमेलिया नदीमा रहेको कर्कले स्थितको बेली ब्रिज(कर्कले पुल)को दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँको जमिन भाग पुरै भाँसिएको हो ।

मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएपछि जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकले बताएका छन् । 

पुलमा दैनिक सयौं बढी साना तथा ठूला सवारीसाधन दिनहुँ आवतजावत गर्दछन् । गोकुलेश्वरबाट पंसेरा,बलाच,सिमार गन्ना,बिटुले मार्मा हुँदै अपिहिमाल गाउँपालिकाको मकरिगाडबाट बाहिरिने तथा भित्रिने मुख्य नाकाका रुपमा रहेको यो पुल भाँसिदा दुर्घटनाको जोखिम बढेको छ । 

पुलको मर्मत सम्भार तत्कालै नगरे जुनसुक्केबेला पनि भत्किन सक्ने अवस्थामा छ । बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत भए भत्किन सक्ने छ । 

बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या हुने भन्दै सवारी आवागमन बन्द गराउनु पर्ने स्थानीयवासीको भनाई छ । पुल मर्मतका लागि सरोकारवाल निकायले तत्काले चाँसो नदिए ठुलो दुर्घटना हुन सक्ने छ 


#कर्कले पुल भासियाे

प्रतिक्रिया