Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०८ गते शुक्रबार

बैतडीमा जन्ति बाेकेकाे जिप दुर्घटना, तीन जना घाईते ।

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका–२ स्यागैरमा जिप दुर्घटना भएको हो।

बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टिएको स्थानीयले बताए। दुर्घटनामा परी तीन जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन्। उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ। जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया