Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ कार्तिक ३० गते मङ्गलबार

गमगडिमा भिषण अागलागि

महेन्द्रनगर – मुगुको गमगढी बजारमा भीषण आगलागी भएको छ । सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी भएको हो ।मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राति साढे १२ बजेतिर आगलागी सुरु भएको हो ।                        आगलागीको जानकारी आउनेवित्तिकै देखि निभाउने प्रयास जारी छ’, प्रमुख जिल्ला अधिकारी महतले भने, ‘घरहरु जोडिएकाले ठूलो क्षति भयो । २० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । एउटा घर आगो अरु फैलिन नदिनका लागि भत्काएका छौँ ।मानवीय क्षति नभएको बताएका प्रमुख जिल्ला अधिकारी महतले भने, ‘रातिको समयमा आगो लागेको तथा जोडिएका घर रहेको बस्तीमा निभाउनका लागि पर्याप्त स्रोत साधन नहुँदा समस्या भएको छ ।राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो ।              नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको उनले बताएका छन् ।आगो थप घरमा फैलिन नदिइएको र जलेका घरहरु भने अझै जलिरहेको प्रमुख जिल्ला अधिकारी महतले बताए । ‘स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास भएको छ । 

प्रतिक्रिया