Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०९ गते शनिबार

निशर्त रिहाई राप्रपा, कानुन अनुसार हुन्छ प्रहरी, दाेसिलाई यथाशिघ्र कार्वाहिकाे माग एमाले जनवर्गीय संगठन

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आफना कार्यकर्ता निशर्त रिहाई नभएपछि महेन्द्र नगर बजारलाई अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएका छन् । कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा २ महिला अन्य १६ जना गरी १८ जनालाई पक्राउ गरेपछि उनीहरुलाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको हो ।

उनले हामीहरु कसैको शालीक नतोडने, कसैको इतिहास नमेटने, कुनै मुर्ती तोडने पक्षमा नभएको साथै भीमदत्त पन्तलाई आफूहरु पनि सम्मान गर्ने तर विरेन्द्र उद्यानलाई भीमदत्त वाटिका बनाई शहिद भीमदत्तको शालिक राखेकोले उक्त शालिकलाई अर्को भीमदत्त उद्यान बनाई राख्न अनुरोध गरे । शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए ।

त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै १८ जना नेता कार्यकर्ताहरूलाई धरपकड गरी प्रहरीले हिरासतमा राख्नु गैर लोकतान्त्रिक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

उनले यसबाट यातायात र व्यापार व्यवसायमा पर्ने असुविधाप्रति दुःख व्यक्त गर्दै बन्दको कार्यक्रमलाई सहयोग गरिदिन आग्रह समेत गरे । बन्दको प्रभाव महेन्द्रनगर बजारमा परेको छ ।

के गर्दै छ प्रहरी

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (यसपि) कमल थापाले शालिक तोडफोडमा संलग्न १८ जनालाई पुर्जि दिई नियन्त्रणमा लिएको, कानुन अनुसार अगाडि बढ्ने  बताए ।

उनले कहिकतैबाट असुरक्षा नहोस भनेर चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको समेत बताए । महेन्द्रनगर बजारको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमाले निकट जनबर्गिय संगठनकाे बिजप्ति जारि

भीम बाटिकामा रहेको भीमदत्त पन्तको शालिक तोडफोड गर्नु निन्दनिय कार्य गरेको नेकपा (एमाले) निकटका जनवर्गिय संगठनहरुले प्रेस विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त विज्ञप्तीमा “सहिद प्रती अपमान हुने लोकतान्त्रीक गणतन्त्र विरुद्ध र मानवता माथी नै लज्जा हुने किसिमले गरिएको यस्तो गलत क्रियाकलाप प्रति  निन्दा र भत्र्सर्ना गर्दछौ” भनिएको छ ।


#भीमदत्त शालिक ताेडफाेड

प्रतिक्रिया