Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २६ गते बुधबार

दार्चुला र बझाङ्गमा चट्याङ्ग र असिनाले ७ जना घाईते, पशु र खेतिमा क्षति ।
फाटाे दुर्गेश मिश्र, शैल्यशिखर ७ दाेबाटाकाे एक गाेठमा चट्याङले पारेकाे क्षति

चट्याङ र असिना पानीले दार्चुला र बझाङ का विभिन्न स्थानमा क्षति पुर्याएकाे छ ।
मंगलबार साझ परेकाे चट्याङले दार्चुला जिल्ला मालिकार्जुन गाउँपालीका वडा ३ पालनकाे एक घरमा चट्याङ्ग पर्दा एकै घरका तीन जना घाईते रहेकाे बताईन्छ । फाेनले समेत काम नगर्दा थप विपरण आउन सकेकाे छैन ।


यस्तै चट्याङ ले मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ बसेडि बस्ने सुरेश सिह धामिको गोठमा बाधेको एक खसी र एक बाख्रा मरेका छन।
दार्चुलाकाे मालिकार्जुन, लेकम र शैल्यशिखर नपाका विभिन्न स्थानमा तरकारि लगायतका खेतिमा समेत व्यापक क्षति पुर्याएकाे शिक्षक दिपक खत्रीले बताएका छन ।

जिल्लाका अरु ठाउमा समेत चट्याङ्गले बाख्रा र गाई गाेरुकाे क्षति भएकाे खबर छ ।
बझाङकाे खप्तडछान्ना गापा ७ गाेरखालीमा चटयाङ्ग लागेर चार घाईते
मङ्गलबार साँझ आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले जानकारी दिए । 
घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लाँदै गरेको स्थानीय फिट्टु खड्काले बताए । चट्याङ्ले घाइते भएको खबर सुन्नासाथ खप्तडछान्ना गाउँपालिकाको अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।


#चट्याङ र असिना

प्रतिक्रिया