Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर १२ गते मङ्गलबार

ठेकेदार ईन्जिनियर विवाद, कर्मचारिले पालिकाकाे सेवा ठप्प पार्ने ।

कंचनपुरकाे लालझाडी गाउपालीकामा ईन्जिनियर र ठेकेदार बिच बिवादले सेवा प्रवाह राेक्ने अवस्थामा पुगेकाे छ ।

साेमवार पालिकाकाे वडा २ स्थीत सडक कालाेपत्रेकाे ठेक्का पाएकाे निर्माण कम्पनि कलाकन्द निर्माण सेवा र पालीकाका ईन्जिनियर राम प्रसाद अवस्थी बिच बिवाद भई हात हालाहाल भएकाे छ ।

ईन्जिनियर राम प्रसाद अवस्थीले भने निर्माण ब्यावसायीले सडक कालाेपत्रे गर्न गरकाे सब बेस नमिलेकाे मिलाउन भनेकाे थिए ब्यावसायी भीम रानाले काम हेर्न आउनु भनेर बाेलाए बाेलाउदा त्यहा पुग्दा आफुमाथी कुटपिट भएकाे बताएका छन ।

निर्माण ब्यावसायी रानालाइ काम हेर्न आउने ईन्जिनियर लाई किन कुटेकाे भन्दा ब्यावसायी रानाले काम हेर्न भनेर बाेलाएकाे हाे ईन्जिनियरले भने अनुसारकाे सामान राखेर काम गर्दा पनि उखेलेर फेरि काम गर्न लगाउनु भयाे, हिजाे पनि नचिनेकाे मान्छे आएर कुराे मिलाई दिन्छु २ लाख ईन्जिनियरलाई दिनु भने अनि काम पनि गर्नु घुस पनि किन दिने भनेर ईन्जिनियर संग बिवाद भएकाे बताए ।

थप्दै ब्यावसायी रानाले भने ठेक्का परिसकेपछि केही पैसा लिएर अरुलाई ठेक्का दिन भनेकाे आफुले नदिएकाे र बिगतमा पनि डेढ लाख सम्म घुस मागेकाे आफुले नदिएकाे यसै घुस मागेकाे बिषयमा बिवाद भयाे ।

यसैबिच पालिकाका कर्मचारिले कामकाज गर्न सुरक्षा प्रत्याभूति नभएकाे काम गर्दा कर्मचारिमाथी साङ्घातिक आक्रमण दुर्व्यवहार भएकाे भन्दै पालिकाभरि सेवा प्रवाह ठप्प पार्ने बताएका छन ।
पालिका प्रवक्ता तथा वडा २ का अध्यक्ष आशाराम रानाले आफू निर्माण स्थलमा पुग्दा दुबै पक्ष बिवादमा रहेकाे र आफुले प्रहरी बाेलाएकाे आज दुबै पक्ष बिच छलफल गरेर समस्याकाे हल गर्ने प्रयास गर्ने  बताएका  छन ।

ईन्जिनियर अवस्थिले आफुमाथि कुटपिट भएकाेले कानुनी प्रकृयाकाे लागि अगाडि बढ्ने बताएका छन । यस्तै पालिकाका सहायक प्रसाशक कर्ण चन्दले सुरक्षा प्रत्याभुति, घट्ना निष्पक्ष छाबिन र दाेसिमाथी कार्वाहिकाे लागि माग गरेर सेवा ठप्पकाे बिषय अगाडि सारेकाे आज सवा राेक्ने भाेली कंचनपुरका सबै पालिकामा कालाे पट्टि बाधेर काम गर्ने, पर्सिबाट पेन डाउन गर्ने स्थानिय तह कर्मचारि हकहित मन्चकाे निर्णय रहेकाे बताएका छन ।

गत बर्ष २०७९ सालमा ६२ लाखमा छ सय चार मिटर सडक कालाेपत्रे गर्ने ठेक्का सम्झाैता भएकाे थियाे । उक्त सडक २०७९ चैत्रमा काम सम्पन्न गर्नुपर्ने भएपनि अहिले सम्म काम सम्पन्न हुन सकेकाे छैन


#लालझाडिमा ईन्जिनियर ठेकेदार बिवाद

प्रतिक्रिया