Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर १३ गते बुधबार

ईन्जिनियर प्रहरिमा पुगेपछि ठेकेदार पुगे अख्तियार

कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिट गर्ने एक निर्माण व्यवसायी(ठेकेदार) नै अख्तियार पुगेका छन । ईन्जिनियर अवस्थीले आफु सहित अन्य निर्माण व्यवसायी, उपभोक्तासंग योजनामा कमिसन मागेको भन्दै अख्तियार पुगेका हुन । कन्दकला कस्ष्ट्रक्सन एण्ड प्रालिका संचालक समेत रहेका भीम सेना राना अख्तियारको शरणमा पुगेका छन । बुधबार ठेकेदार रानाले ईन्जनियर अवस्थी बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन ।

ठेकेदार रानाले आफुसंग ईन्जिनियरले घुस मागेर दुख दिएको भन्दै न्यायका लागि अख्तियारमा उजुरी दिएको बताए । सोमबार ठेकेदार राना समुहले ईन्जिनियर अवस्थीलाई योजनामा कमिसन मागेको भन्दै कुटपिट गरेका थिए ।

न्यायको माग अघि सार्दै ईन्जिनियर अवस्थीले मंगलबार ठेकेदार राना बिरुद्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए । ठेकेदार र ईन्जिनियरविचको यो लडाई अहिले प्रहरी, अख्तियार पुगेको छ ।

ईन्जिनियरले ठेकेदार बिरुद्धमा मुद्दा दायर गरेको भोलपल्टै ठेकेदार रानाले ईन्जिनियर बिरुद्धमा अख्तियारमा उजुरी दिनुका साथै स्थानीयले पालिका कार्यालयमा ईन्जिनियर अवस्थी बिरुद्धमा नाराबाजी गर्दै बिरोध प्रर्दशन गरेका थिए ।

ठेकेदार रानाले अख्तियारमा दिएको उजुरीमा ईन्जिनियरले पालिकामा विभिन्न योजनाबाट कमिसन खाएर गुणस्तहिन योजना पास गरेको आरोप लगाएका छन । खर्रा नालामा २ लाख, कमिसनकै कारण पालिकामा निर्माण भईरहेको १० सैयाको अस्पताल अलपत्र, गत बर्ष ०७९÷०८० मा ईन्जिनियरले निकटलाई १५÷१६ योजना कोटेशनमा दिएर गुणस्तहिन बनाएको माटो हाल्नुपर्ने योजनामा बालुवा हालेर कमिसन लिएको, भानु मावि भवनमा संचालित कापि उद्योगमा कमिसन लिएर पुरानो मेसिन स्वीकृत गरेको जस्ता दर्जनौँ आरोप लगाएर उजुरी दिएका छन । आफ्नो ठेक्कामा समेत २ लाख मागेको उल्लेख गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सुचना अधिकारी बसन्त बहादुर शाहीले आयोगको क्षेत्राधिकारभित्र परेका उजुरीमाथि छानबिन हुने बताए । ईन्जिनियर राम प्रशाद अवस्थीले आफुले आफुमाथि ठेकेदारले भीमसेन राना समुहले कुटपिट गरेको बताउँदै सोही समुहले आफ्ना बिरुद्धमा अनेकन षड्यन्त्र गरिरहेको बताए । ईन्जिनियर अवस्थीले कुनैपनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताए ।

उनले ठेकेदारले नै उस्काएर पठाएका व्यक्ति समुहले नै आफ्ना बिरुद्धमा बदनाम गर्न दुष्प्रचार गरिरहेको बताए । आफुले घुस लिएको मागेको प्रमाण ल्याए कार्बाही भोक्न तयार रहेको बताउँदै ईन्जिनियर अवस्थीले बताए ।

आफुमाथि कुटपिट गर्ने गिरोहले नै आफ्ना बेईजनी गर्नका लागि केही मान्छे उस्काएर पालिका बिरुद्धमा उस्काएर पठाएको बताए । ईन्जिनियर अवस्थीले कुनै मान्छेले भनेका भर र बिरोध गर्दैमा सत्यतथ्य नबुझेर समाचार प्रकासित नगरिनदिन आग्रह समेत गरेका छन ।

आफु बिरुद्धमा भईरहका सबै षड्यन्त्र मात्रै नभएको र सत्य नभएको बताए । ठेकेदार भीमसेन रानाले आफुले ईन्जिनियरलाई कुटपिट नगरेर समान्य धकेलाधकेल मात्रै भएको बताउँदै आएका छन । ईन्जिनियर अवस्थीमाथि कुटपिट भएपछि उक्त शाखाको कामकाज प्रभावित भएको छ । स्थानीयले समेत ठेकेदार र ईन्जिनियर दुवैमाथि कुटपिट कमिसनलेनदेन प्रकरणबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन ।

प्रतिक्रिया