Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर १३ गते बुधबार

शाररिक अशक्तलाई कृष्णपुर २ ले घरमै पुगेर ह्वेलचियर दिएपछि

कृष्णपुर नगरपालिका २ सत्यालफाँटाकी माधवी भट्ट ह्विल चेयरमा बसेर घर बाहिर हिडडुल गर्न पाउदा निकै खुसि हुनुहुन्छ । दुर्घटनामा परेर स्पाईनल कर्ड इन्जुरी हुदा भट्ट घर भित्रै बस्दै आउनु भएको थियो । “ह्विल चेयर पाएपछि घर भित्र बाहिर गर्नका लागि निकै सहज भएको छ” उहाँले भन्नु भयो, ”ह्विल पाउदा खुट्टामै उभिएर हिडेजस्तै महशुस गरि रहेको छु ।” उहाँलाई वडा अध्यक्ष अर्जुन साउदले ह्विल चेयर घरमै पुगेर उपलव्ध गराउनु भएको हो । माधवी जस्तै पक्षघात भएर हिडडुल गर्न नसक्ने अबस्थाकी २२ वर्षीय मनिषा चन्दलाई पनि अध्यक्ष साउदले ह्विल चेयर उपलव्ध गराउनु भएको छ । ह्विलचेयर पाए पछि मनिषालाई घर भित्र बाहिर आउजाउ गर्न सहज भएको छ । “ह्विल चेयर नहुदा कोठामै थन्कीएर बस्नु परेको थियो” मनिषाले भन्नु भयो, “भित्र बाहिर जानका लागि घर परिवारका सदस्यको सहयोग लिनु पर्ने बाध्यता थियो, अहिले ह्विल चेयर पाएपछि आफन्तको थोरै सहयोगमा बाहिर भित्र गर्न सक्ने भएको छु ।

“गाउँ घर टोलमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरु बारे जानकारी पाईए पछि निवेदन मागेर वडाकै बजेटमा ह्विल चेयर खरिद गरी घरमै पुगेर वितरणको कार्य गर्दै आएका छौं” अध्यक्ष साउदले भन्नु भयो, “चालु आबको हाल सम्म शारिरिक अपाङ्गता भएका ‘क’ श्रेणीको परिचय पत्र पाएका आठ जना व्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेका छौं ।” दुई जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर उपलव्ध गराउने तयारीमा रहेको उहाँले बताउनु भयो । ह्विल चेयर उपलव्ध गराईका अपाङ्गता भएका व्यक्तिहरुलाई केही दिन भित्रै दिशापिशाव गर्न सहज हुने कुर्सि उपलव्ध गराउन लागेको उहाँले जानकारी दिनु भयो ।

“शारिरिक अपाङ्गता भएका वडाका जति व्यक्तिहरु सम्पर्कमा आउछन सबैजनालाई ह्विल चेयर उपलव्ध गराउन तयार छौं” वडा अध्यक्षले भन्नु भयो, “वडा, नगरपालिका, स्वास्थ्य कार्यालय र संघ संस्थाहरु संग सहयोग मागरेर ह्विल चेयर उपलव्ध गराउने कार्य हुन्छ ।” अपाङ्गता भएका विशेष क्षमता भएका व्यक्तिहरुलाई आत्म निर्भर बनाउनका लागि क्षमता अभिबृद्धि संगै आयआर्जनका कार्यक्रम संग जोडनका लागि वडाका तर्फबाट कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई रहेको छ ।
“अपाङ्गता भएका व्यक्तिहरुलाई माया स्नेह दिएर मात्रै पुग्दैेन,आत्मनिर्भर बनाउन अवसर दिनु पर्छ, त्यसका लागि सहज सहज वातावरण तयार गर्न तत्पर छौं” उहाँले भन्नु भयो ।

प्रतिक्रिया