Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर १७ गते आइतबार

लालझाडी घट्नामा निर्माण ब्यावसायी संघले बिहानै खाेल्याे मुख, समयमै कार्वाहि र छानबिन नभए कडा कदम चाल्ने ।

लालझाडी गाउपालिकाकाे एक घट्ना बिषयमा आइतबार बिहानै निर्माण ब्यावसायी संघले प्रेस बिज्ञप्ति जारि गर्दै मुख खाेलेकाे छ ।
कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी र निर्माण व्यवसायी भीमसेन राना बिच भएकाे कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी राना र ईन्जिनियरविच गत साता भएको कुटपिट प्रकरणमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

निर्माण ब्यावसायी संघ कञ्चनपुरका साधारण सदस्य समेत रहेका व्यवसायी कलाकन्द कन्स्ट्रक्सन एण्ड सप्लायर्सका संचालक समेत रहेका भिमसेन रानाले उक्त ठेक्काको काम गर्दा लालझाडीका ईन्जिनियर राम प्रसाद अवस्थीले अनावश्यक रुपमा दुःख दिने, प्राविधिकको आवश्यकता हुँदा उपस्थित नहुने, काम गरे पछि विभिन्न किसिमका आरोप लगाई हैरानी पार्ने लगायतका विभिन्न दुःख दिने गरेको जनाईएको हो ।

११मंसिरका दिन ठेक्काको काम भई रहेको स्थानमा आई अनावश्यक बखेडा झिकी काम नै हुन नदिने स्रोत साधन बन्द गरि निर्माण व्यवसायी र श्रमिकहरुसंग समेत अभद्र व्यवहार गर्न थालेको अवस्थामा सामान्य छलफल र विवाद भएको र कुनै कुटपिट नभएको दावि गरिएको छ ।

लालझाडी गापा र यस निर्माण व्यवसायी संघ कञ्चनपुरको रोहवरमा दुबै पक्ष विच छलफलगरी सत्य, तथ्य निरुपण गर्ने भन्ने तयारी भई रहेकै अवस्थामा निर्माण व्यवसायी रानालाई हिरासतमा लिने कार्य भएको खबरले निर्माण व्यवसायी संघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण व्यवसायीले कानून र मापदण्ड विरुद्ध काम गरेका खण्डमा कानूनी कारवाही हुनुपर्ने, ठेक्का बदर भई निर्माण व्यवसायीबाट क्षतिपुर्ति समेत असूल हुनुपर्ने बिषयमा निर्माण व्यवसायी संघ कञ्चनपुर सदा तयार रहेको घोषणा गरिएको छ ।

‘संघले कानूनी राज्यमा विश्वास गर्ने र सबै कार्य कानून अनुरुप हुनुपर्नेमा कडा दावी राख्छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘निर्माण व्यवसायीले कानून बमोजिम लिएको ठेक्काको काम हुदा कानून विपरित दखल गर्नु कानून सम्मत हुदैन ।’

संघका अध्यक्ष निरन्जन प्रशाद भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटना दुःखद भएको र यस बिषयमा सम्बन्धित निकायले स्वच्छ र यर्थात अनुसन्धान गरि दोषिलाई उचित कानूनी कारवाही हुन संघ बिषेश माग राख्दै समयमै आवश्यक कारवाही र छानविन नभएमा निर्माण व्यवसायी संघ कञ्चनपुरले कडा कदम चाल्न बाध्य हुने जनाईएको छ ।

उक्त घटनाका कर्मचारी ईन्जिनियरको पक्षमा र निर्माण व्यवसायी सहितका केही स्थानीय ठेकेदारको पक्षमा देखिएका छन ।

कुटपिट भएपनि ईन्जिनियर अवस्थी कार्यालयमा उपस्थिति नभएको पालिकाले जनाएको छ । भने, कामकाज समेत प्रभावित भएको छ ।

ईन्जिनियरले राना जस्तै अन्य ठेकेदार, उपभोक्ताबाट कमिसन खाएर पालिकामा योजना गुणस्तहिन बनाएको आरोप लगाएर १३ मंसिरमा पालिकामा बिरोध प्रर्दशन गरेका थिए । भने, राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर कर्मचारी संघ संगठनले माग अघि सारेका छन ।

प्रतिक्रिया