Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर २० गते बुधबार

लालझाडी गाउँपालीकामा भएकाे  ठेकेदार र ईन्जिनियर बिवाद १० दिनपछि सहमति ।

लालझाडी गाउँपालीकामा भएकाे  ठेकेदार र ईन्जिनियर बिवाद १० दिनपछि ठेकेदारले कुटपिट गर्नु गलत भन्दै भएकाे भन्दै सार्वजनिक रुपमा माफि मागेपछि मुद्दा फिर्ता गर्ने लिखित सहमति भएकाे छ ।

बुधबार कंचनपुरकाे बेलाैरि ईलाका प्रहरि कार्यालयमा ठेकेदार, गाउँपालीका, ईन्जिनियर समेतका पक्षकाे सहभागितामा ठेकेदार पक्षका तीन जनाले अब उपरान्त त्यस्ता कुरा नदाेहर्याउने, सामाजिक संजाल र पत्रपत्रिकामा लगाएका आराेप आधारहिन भएकाे भन्दै ईन्जिनियर समक्ष माफि मागे पछि मुद्दा फिर्ता लिने सहमति भएकाे हाे ।

मंशिर ११ गते दिउसाे पालीकाकाे वडा २ स्थित कन्जबजारमा सडक निर्माणकाे बिषयमा ठेकेदार सहितका मानिसले ईन्जिनियर कुटपिट गरेका थिए । ईन्जिनियरले घुस मागेकाे आराेप लगाएका थिए ।

 

 

 

प्रतिक्रिया