Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर २१ गते बिहिबार

बेलाैरि प्रहरिले रामनगर बाट अबैध भित्राईएका डेढ कुन्टल माछा बरामद

कञ्चनपुरको बेलौरीबाट प्रहरीले भन्सार छली गरेर अबैध रुपमा नेपाल भित्राइएका माछा बरामद गरेको छ ।

आज बिहान  ईलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिका - ५ रामनगर स्थित भारतबाट नेपाल तर्फ भन्सार छली अबैधरुपमा ल्याइएका १ सय ५० किलो बेवारिसे माछा बरामद गरेको हो ।

करिब ४५ हजार बराबरका वेवारिसे  माछा बरामदगरी पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी ,बेलौरी उद्योग बाणिज्य संघ र स्थानिय पत्रकार प्रतिनिधीहरुको रोहबरमा  नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया