Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर २४ गते आइतबार

कञ्चनपुरमा शाखा खालेर सञ्चालित शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताकाे रकम ठगी गर्ने सञ्चालक समितिका ४ जनालाई कञ्चनपुर प्रहरीले बयानका लागि कञ्चनपुर ल्याएकाे छ ।

जिल्लाकाे महेन्द्रनगर,त्रिभुवनबस्ती र बेलौरीका बचत कर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता नदिएर ठगी गर्ने सञ्चालक समितका ४ जना पदाधिकारीलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले विभिन्न मिमितिमा पक्राउ गरेकाहरू आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बयानका लागि ल्याएकाे हाे ।

कञ्चनपुर सहित देशैभर सहकारीमा बचतकर्ताहरूकाे रकम फिर्ता नदिएर ठगी गर्ने पदाधिकारी विरूद्वमा बचतकर्ताले दिएकाे जाहेरीका आधारमा मुद्वा दर्ता गरेर समितिका पदाधिकारीलाई बयानका लागि कञ्चनपुर ल्याएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताउनु भयाे ।

उनले भने ” पदाधिकारीहरुले हाल सम्म जम्मा गरेकाे ३१ कराेड ९७ लाख ३ हजार ९ सय पचपन्न रूपयाँ वचत हिनामिना गरि ठगी गरेकाे जाहेरीकाे आधारमा पक्राउ परेका सञ्चालक समितिका प्रमुख सहित ४ जनालाई बयानका  लागि कञ्चनपुर ल्याएर अनुसन्धान भईरहेकाे बताए ।”

पक्राउ परेका शिवशिखर सहकारीका पदाधिकारी प्रतिबादी गिता शर्मा,केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई कञ्चनपुरमा ल्याएरै बयान सहित अनुसन्धान कार्य भईरहेकाे प्रबक्ता प्रहरी नायव उपरीक्षक डाँगीले बताए ।

बचतकर्ताहरूकाे रकम हिनामिना गरेर जम्मा गरेकाे फिर्ता नपाएका भनि हाल सम्म ३ हजार ६ सय ७१ जनाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी पेश दिएकाे र ती जाहेरी दर्ता गरेर मुद्वा प्रक्रिया अघि बढे अनुरूप पक्राउ गरी उनीहरूमाथि थप अनुसन्धानको भईरहेकाे प्रहरी नायव उपरिक्षक डाँगीले बताएका छन् ।

प्रतिक्रिया