Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० पुष ०१ गते आइतबार

दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमकि विद्यालयका आधा दर्जन बढी सिसिटिभी क्यामेरा चोरी भएका छन् । विद्यालयको प्रवेशद्वार र परिसरमा जडान गरिएका ९ क्यामेरा चोरिएका हुन ।

९ क्यामेरामध्ये ६ क्यामेरा शुक्रबार र तीन ओटा यस अघि चोरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए ।

सिसिटिभी टिभी फुटेजमा तीन जनाले क्यामेरा चोरि रहेको देखिएको छ । विद्यालयले चोरी भएको प्रत्येक पटकको घटनामा प्रहरीलाई निवेदन सहित जानकारी गरेको छ तर अहिले सम्म चाेर पक्राउ पर्न सकेका छैनन ।

प्रतिक्रिया