Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० पुष ०६ गते शुक्रबार

सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको धनगढीमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

शुक्रबार स्वास्थ्य कार्यालय कैलालीको समन्वयमा ईपिक नेपाल परियोजना सुदूर पश्चिम समाज धनगढीको आयोजनामा  समन्वयात्मक बैठक स्वास्थ्य कार्यालय कैलालीको सभाहलमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा कैलाली जिल्लामा रहेका  १३ वटा स्थानीय तहका स्वास्थ्य शाखा संयोजकहरु , सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका मनोज ओझा , प्रादेशिक जनस्वास्थ्य प्रयोगशालका राम प्रसाद ओझा, स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख तेजविक्रम शाही स्वास्थ्य कार्यालय कैलालीका एचआईभी फोकल पर्सन देव जोशी, एफएचआई ३६० बाट सुजन न्यौपाने, सेभ द चिल्ड्नेका प्रकाश लेखक , एएचएफबाट माधव राज जोशी लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिीति रहेको थियो । 

कार्यक्रममा सहजीकरण सुदूर पश्चिम समाजका कार्यक्रम संयोजक  राजु लामा ले गर्नु भएको थियो । उक्त कार्यक्रममा एफएचआई, सेभ द चिल्डेन र एएचएफ ले प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा प्रस्तुतीकरण पश्चात खुला छलफलका क्रममा यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्तिहरु, एचआईभी सक्रमित व्यक्तिहरुलाई लिएर स्थानीय निकायमा कार्यक्रम तथा बजेट विनियोजनको विषयमा छलफल गरिएको थियो।  विभिन्न स्थानीय निकायका प्रतिनिधिहरु हाल पनि बजेट विनियिोजन भएता पनि व्यक्तिहरु खुलेर नआउदा छुटयाईको बजेट पनि खर्च हुन नसकेको कुरा बताउनु भयो ।

कार्यक्रम संयोजक राजु लामाले हाल पनि यस विषयलाई लिएर लाञ्छना तथा भेदभाव विद्यमान रहेको कारण पनि खुलेर आउन नसकेको हुदा , लाञ्छना तथा भेदभाव न्यूनीकरणको लागि पनि कार्यक्रम हुनुपर्ने कुरा विशेष जोड दिनु पर्ने उनले बताए।

प्रतिक्रिया