Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० पुष ०८ गते आइतबार

दक्षिण एसिया देशमा पहिलो बन्यो नेपाल, ट्रान्स जोडिले गरे विवाह दर्ता

समान लिङगीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार नेपालमा पहिलो पटक ट्रान्स जोडिले विवाह दर्ता गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो।

परिपत्रमा सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न भनिएको थियो। सोही अनुसार शुक्रबार प्रकाश चौधरी र मनिला न्यौपानेको स्थायी रुपमा विवाह दर्ता कैलारी गाउँपालिकामा दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशका प्रकाश ट्रान्स पुरुष र लुम्बिनी प्रदेशकी मनिला ट्रान्स महिला समुदायकी हुन। उनीहरुले ४ वर्ष अगाडि समाजिक परम्परागत अनुसार मन्दिरमा विवाह गरेका थिए । विवाह गर्न भने सहज थिएन तर पनि दुबैको परिवारले स्विकार समेत गरेको थियो। तर उनको कानुनी रुपमा उनीहरु श्रीमान्-श्रीमती हुन भने सकेका थिएनन्।

२०८० असार १३ गते सर्वाेच्च अदालतबाट विवाह दर्ताको आदेशपछि उनिहरुको विवाह दर्ताका लागि आसा पलाएको थियो। जसमा उनको सपना २०८० पौष ०६ गते शुक्रबार कैलारी गाउँपालिकाले पूरा गरेको छ। विवाह दर्ता कानुनी रुपमा भएपछि प्रकाश र मनिला हर्षित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका मा रहेको सुदूर पश्चिम समाजको सभाहलमा पत्रकार सम्मेलन गर्दै प्रकाश र मनिलाले आफुहरुले कानुनी रुपमा विवाह दर्ता प्रमाणपत्र लिएको जानकारी दिए। ट्रान्स पुरुष प्रकाशले भने, 'लामो समयको संघर्ष पछि आज एक खुसी मिलेको छ। जो समाजिक परम्परागत रुपमा विवाह गरेको चार वर्ष पछि नितिगत रुपमा विवाह दर्ता प्रमाणपत्र लिएका छौँ।'

निरन्तर संघर्ष पछिको खुसी पाउदा उत्साहित भएका छौँ, जिन्दगीमा हरेक यात्रा सफलता हात पर्नका लागि गरिन्छ जो निरन्तरताले सफलता मिल्ने गर्छ भन्थे हो, आज हाम्रो जोडीले पनि यो कानुनी रुपमा विवाहको मान्यता पाउदा खुसिको कुनै सिमा नै छैन। मनिला न्यौपानेले भनिन् ।

पहिलो चोटि स्थायी विवाह दर्ता भएको छ। जुन साउथ एसिया देशमा पहिलो विवाह दर्ता भएको हो। २०८० जेठ २४ गते ( ७ जुन २०२३) मा सर्वोच्च अदालतमा निल हिरा समाजको तर्फबाट अध्यक्ष पिङ्की गुरुङ लगायत ९ जनाले रिट दर्ता गराएको थियो। जुन सर्वोच्च अदालतले असार १३ गते (जुन २७,२०२३) पक्षमा आदेश जारी गरे अनुसार विवाह दर्ता स्थायी कानुनी रुपमा दर्ता हुँदा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङ निकै खुसी का साथ उत्साहित भएकि छन् । उनले जोडिलाई दोसल्ला ओढाएर उज्ज्वल भविष्यको शुभकामना समेत दिनु भएको थियो।

प्रतिक्रिया