Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० पुष १० गते मङ्गलबार

श्रीमतिलाई बिजुलीकाे पाेलमा बाधेर कुटेपछी

 ‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् । यसरी यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरेको छ ।

श्रीमतीलाई यातना दिने सन्तोषसहित सातजना पक्राउ परेको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।

एसपी सिलवालका अनुसार शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी छन् ।  श्रीमान् सन्तोषसँग अदालती प्रक्रियाबाट नै ‘डिभोर्स’ गर्न भन्दै सिन्धुली पुगेपछि उनीमाथि कुटपिट भएको हो ।

डिभोर्सकै विषयमा विवाद हुँदा गाउँलेसँगै मिलेर सन्तोषले यातना दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया