Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० पुष २९ गते आइतबार

उन्नतशिल साना किसान सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

उन्नतशिल साना किसान कृषी सहकारी संस्था दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ७ उन्नतशिल साना किसान कृषी सहकारी संस्थाको आफ्नै कार्यालयमा एक कार्यक्रमको बिच १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढाले जानकारी दिएका छन् ।

साधारण सभामा शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशी, उन्नतशिल साना किसान कृषी सहकारी संस्था दोधारा चाँदनीका अध्यक्ष पुर्ण बहादुर बुढा, दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंल, सहकारी संस्थाका उपाध्यक्ष हिरा थापा, साना किसान लघुबित्तिय बित्तिय संस्था अत्तरियाका ईलाका प्रबन्धक पदमराज रेग्मी लगाएत सहकारीका पदाधिकारी, शेयर सदस्य तथा सहकारीमा आस्था राख्नेहरुको बाक्लो सहभागिता रहेको थियो ।

सहकारीका उपाध्यक्ष हिरा थापाले स्वागत मन्तब्य राखेका कार्यक्रममा सहकारीको कारोवार रु. ५ करोड ३ लाख, ऋण लगानी रु. १ करोड ८३ लाख, निस्क्षेप रु. १ करोड ३५ लाख वार्षिक साधारण सभाका् प्रतिबेदनमा उल्लेख गरिएको बताईएको छ् । वार्षिक साधारण सभामा दोधारा चाँदनी उपमेयर गंगा देवी जोशीले उन्नतशिल साना किसान कृषी सहकारी संस्था बिशेषत : महिलाहरुको आर्थिक उपार्जनमा जोड दिदै आएकोमा धन्यबाद दिदै आगामी दिनहरुमा सहकारी संस्थाले स्थानियहरुको जिविकापार्जनमा गर्दै आएको कार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा सघाउने प्रतिबद्धता जाहेर गरेका छन् । सभामा बक्ताहरुले सहकारी गर्दै आएको कार्यको प्रशंसा तथा आगामी दिनहरुमा थप स्थानियहरुको आर्थिक उपार्जनमा जोड दिन सुझाव दिएका थिए । उन्नतशिल साना किसान कृषी सहकारी संस्था दोधारा चाँदनीका ९ सय २ जना शेयर सदस्यहरु रहेको छन् ।

प्रतिक्रिया