Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० माघ ०४ गते बिहिबार

समुदायकाे कला संस्कृतिकाे संरक्षण आवश्यक छ : अध्यक्ष सावद ।

कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सावदले थारु समुदाय जनजाती समुदायका लागी वडाले बिशेष साथ र सहयोग गरेको बताएका छन् । कञ्चनपुरको वाणीमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रममा आफनो भनाई राख्दै उनले आफनो वडामा रहेका थारु समुदायहरुको कला संस्कृती, रहन सहन, रितिरिवाजलाई जेगर्ना गर्नका लागी र संरक्षण सम्बद्र्धन गर्नका लागी बिभिन्न कार्यक्रम गर्न बजेट नै विनियोजन गरिएको बताए ।

बिहिवार पनि वडाले बिभिन्न संघसंस्थाहरु संग समन्वय गरेर बृहत माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको छ । पछिल्लो चरणमा लोप हुँदै गएको थारु समुदायको पहिरन, लोक नृत्य, संस्कृती संस्कार भेषभुषालाई जेगर्ना गर्नका लागी र नयाँ पुस्तालाई सिकाउनका लागी पनि आजको कार्यक्रम गरिएको उनले बताए ।

आफनो वडामा जैविक विविधता रहेको र कृषी पेशामा सबै भन्दा बढी थारु समुदाय रहेका हुनाले उनिहरुले उत्पादन गरेका कृषी उपजहरुको प्रदर्शनी गर्ने आफनो क्षेत्रमा रहेका रैथाने विउविजनको संरक्षण गर्ने उदेश्यले १६ वटा कृषी स्टलहरु राखेर बिभिन्न जातका विउविजनको प्रदर्शनी पनि गरिएको बताए । साथै निकट भविश्यमा विउ बैँकको स्थापना गर्ने, कोल्ड स्टोर स्थापना गर्ने, हाट बजार स्थापना गर्ने गरी काम भईरहेको वडा अध्यक्ष सावदले बताए ।

१५ वटा टोलका भलमन्साहरुले आफनो मौलिक नृत्य देखाउने बिभिन्न परिकारका खानाहरु विँउविजन प्रदर्शनीमा राखिएको बताए । साथै उनिहरुको जिवन स्तरलाई उकास्नका लागी वडा स्तरिय भलमन्सा समाज निर्माण गरेर उनिहरुको कला संस्कृती, रहनसहन भेषभेषा संरक्षण गर्नका लागी वडाले काम गरिरहेको बताए । साथै वडा नम्वर २ मा संग्राहलय निर्माण गरिने, विजयसार होमस्टेलाई प्रवद्र्धन गर्ने सम्बद्धृन गर्ने र पर्यटनलाइै टेवा पुय्राउने लक्ष्यका साथ अगाढी बढी रहेको वडा अध्यक्ष सावले जानकारी दिए ।

यस्तै गैरसरकारी संस्था लिवर्डका सक्षम परियोजनाको संयोजक ईन्द्रेस्वर मण्डलले पालिका भित्र रहेका कृषी जैविक विविधताको अभिलेखिकरण गरेर समुदायलाई अभिमुखिकरण गर्ने, र यो कार्यक्रममा आवस्यक रहेको स्टलमा सहयोग गर्ने यातायातका लागी आवस्यक खर्च र खाद्य पदार्थहरुमा पनि संस्थाले सहयोग गरेको उनले बताए । साथै पालिकामा रहेका वडाहरुमा स्थानिय कृषी जैविक विविधताको पहिचान गरी समुदायमा जानकारी दिने यसको संरक्षण फाईदा के हो ? भनेर जनचेतना मुलक कार्यक्रम गरिने बताए ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा झलमन्सा समाजले बिहीबार वाणि खुला मञ्चमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रम को आयोजना भएको थियो । भलमन्सा समाज कृष्णपुर २ सञ्जालका अध्यक्ष अमर सिंह चौधरीले वडा कार्यालय सहित कृषि, ज्ञान केन्द्र, जय फुलवारी कृषि सहकारी संस्था लि, लिवर्ड सक्षम परियोजनाको सहयोगमा कृषि प्रर्दशनीका साथै थारु समुदायको साँस्कृति कार्यक्रम भएको बताए ।

थारु समुदायको माघी पर्व नयाँ बर्षकै रुपमा मनाउने भएकाले वडाध्यक्ष अर्जुन सिह साउदले वडाभरीका भलमन्सा समुदायसंग सामुहिक छलफल गरेर उक्त कार्यक्रम संचालन गर्न लागेको उनले बताए । साथै उनले पश्चिम नेपालका थारु समुदायको लोक साँस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागि कार्यक्रम गर्न लागेको बताए ।

उक्त कार्यक्रममा थारु समुदायका लोक नृत्यहरु परम्परात खाने परिकारदेखि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । कार्यक्रममा भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, प्रदेश सभा सदस्य ओम विक्रम भाट, गिता चौधरी, निर्वतमान प्रदेश सभा सदस्य महेश दत्त जोशी, उपप्रमुख द्रोपति राना सहितका प्रतिनिधी, थारु सस्कृतका अगुवा सहितहरुको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया