कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा अध्यापकहरूले कुटेको भन्दै प्रहरीमा निवेदन परेको छ। वनभोजका लागि शनिवार खानीडाँडा पुगेका अध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको हो।
क्याम्पसका अध्यापक विकास गौतमले आफू खाई रहेको बेला उनमाथि तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको भन्दै प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारानगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीसमेत थिए।
बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही अध्यापकको बडुवा तथा करारमा रहेकाहरूको अस्थायी भएको खुसियालीमा उनीहरूले वनभोजका लागि खानीडाँडागएका थिए। सोही वनभोज कार्यक्रममा अध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको हो। बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारानगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले भने सामान्य विवाद मात्र भएको तर्क गरेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया