Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

भीमदत्तनगरकाे स्थापना दिवसमा अग्रवाल र चन्द सम्मानित ।

भीमदत्त नगरपालीका ४६ औं  बर्षमा प्रवेश गरेकाे छ । यसै अवसरमा नगरपालिकाकाे पाँचौ स्थापना दिवस मनाईएकाे छ । स्थापना दिवसमा अवसरमा विभिन्न विधामा विभिन्न ब्याक्ति, कर्मचारिहरुलाई पुरुस्कृत सम्मानित गरिएकाे छ ।

वन वातावरण र संरक्षणका क्षेत्रमा काम गरे वाफत संचार चाेकमा चिया पसल संचालक तथा सुर्ति र मदिरा जन्य बस्तु निषेधित अभियान कर्ता भीनपा ७ का मदन चन्द सम्मानित भएका छन । चन्द अढाई दशक बाट चुराेट सुर्ति र मदिरा रहित चिया पसल संचालन गर्दै थुप्रैका प्रेरणाका स्राेत समेत रहेका छन भने नगरमा सरसफाई र सडकका भागहरुमा परेका खाल्डा समेत पुर्ने गरेका छन । सडकमा रहेका खुल्ला कुकुरहरुलाई आफ्नाे दिनभरि चिया बेचेर कमाएकाे रकम बाट खाना नियमित खाना समेत खुवाउने गरेका छन ।

यसैगरि वागेश्वरि माेटर पार्टसका संचालक जयप्रकाश अग्रवाल नियमित करतिर्ने करदाताका रुपमा उत्कृष्ठ करदाता पुरुस्कार बाट सम्मानित भएका छन । करिव चार दशक बाट महेन्द्रनगरमा पसल संचालन गरेका अग्रवाल उत्कृष्ठ करदाता ठहरिएका छन । नगरपालिकामा करिव पचास हजार रहेका छन । करदाताहरुले नियमित रुपमा कर तिर्न नसकिरहेकाे विषम परिस्थितिमा समेत नियमित कर तिरेर अग्रवाल उत्कृष्ठ करदाता ठहरिएका छन । 

प्रतिक्रिया