Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० माघ १२ गते शुक्रबार

लक्ष्य भन्दा बढी राजश्व संकलन

खडक ब. काेली-

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल भएकाे छ । आर्थिक वर्ष २०८०/०८१ को पौष सम्मको राजश्व असुलीको लक्ष्य १ अर्ब २५ करोड रहेकोमा १ अर्ब ७ करोड संकलन भई लक्ष्यको तुलनामा ८५.४८ प्रतिशत प्रगति हासिल गरेको राजश्व कार्यालयका कार्यालय प्रमुख कर अधिकृत डोलिन्द्र प्रसाद शर्माले बताएका छन । उहाँका अनुसार आय करलाई ९६.५९ प्रतिशत मूल्य अभिबृद्धि करलाई ८९.९५ प्रतिशत र अन्तशुल्क तर्फ ७७.४५ प्रतिशत हासिल भएको बताएका छन ।

आर्थिक वर्ष २०७९/०८० पौष सम्मको
राजश्वको तुलनामा राजश्व असुलीको बृद्धिदर ३३.३९ प्रतिशत भएको शर्माले बताए । गत वर्ष श्रावणदेखि पौषसम्म्म जम्मा ८० करोड ३५ लाख राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको वा आर्थिक वर्ष २०८०/०८१  पौष सम्म कर संकलन उत्साहजनक भएको कार्यालय प्रमुख डालिन्द्र प्रसाद शर्माले बताएका छन । गत पौषसम्म बक्यौता रकम उठाएकोले कर बढी उठेको उनको भनाई रहेको छ । गत माघदेखि अषाढ समान्तसम्म  अथवा बाँकी अवधिको राजश्व कर १ अर्ब ५० करोड उठाउने पर्ने उनको दावी रहेको छ ।

प्रतिक्रिया