Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० माघ १८ गते बिहिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको ह‌ो ।

निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया