Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० माघ २५ गते बिहिबार

शुदुरपश्चिम विश्वविद्यालय भवन निर्माण लथालिङ्ग, काममा चरम लापर्वाहि ।

सुदुरपश्चिम विश्वविद्यालय स्थापनाका १३ बर्ष पूरा हुदापनि प्रशासनिक भवन देखि विभिन्न विभागका केन्द्रीय भवन निर्माण हुन सकेका छैनन । बन्न लागेका भवन समेत लथालिङ्ग र चरम लापरबाहीका साथ अगाडि बढिरहेका छन ।

विश्वविद्यालय केन्द्रीय कार्यालयकाे प्रशासनिक भवनमा निर्माणमा तलैदेखि विभिन्न कमजाेरि साथ अगाडि बढेकाे हाे । तर माथिल्लाे तला देखि छत सम्म पुग्दा कमसल ईटाकाे प्रयाेग, ढलानहरु लेवल अनुसार नभएका, कार्यान्वयन गराउने कर्मचारि समेत निर्माण स्थलमा नहुने अवस्था देखिएकाे छ ।

यसैगरि म्यानेजमेन्टकाे केन्दिय विभागकाे भवनमा खुलेआम ठगि देखिएकाे ताेकिएकाे भन्दा पातला मार्वल लगाईएकाे छ भने कन्सलट्यान्ट नताेक्दै मनमर्जि तरिकाले कलर लगाउने लगायतका काम भएका छन ।

यसैगरि  सिभिल ईन्जिनियर उत्पादन गरिरहेकाे भवनमा पिल्लर र विम भन्दा भित्ताहरु बाहिर आएका देखिएका छन । भवनकाे माथिल्लाे भाग जहाँ भर्याङ्ग  भएर माथि पुगिन्छ त्यसलाई छाेप्ने छत आदिकाे डिजायन आदि केही गरिएकाे छैन । केही भाग देखाउनकै लागि डिजायन गरिएकाे त्याे पनि अधुराे रुपमा रहेकाे निर्माण स्थलमा देखिन्छ । याे निर्माण चरम रुपमा लापर्वाहि मात्र देखिईरहेकाे छैन दैनिक रुपमा पढ्ने हरुलाई यस्तै निर्माण हुने रहेछ भन्ने पाठ समेत सिकाईरहेकाे छ ।

जनताकाे करबाट सरकारले गरेकाे लगानि प्रयाेग गरेर विश्वविद्यालयकाे भवन जनता, विद्यार्थी  र अविभावककाे गाैरव बन्नु पर्नेमा कमसल ताेकिएकाे मापदण्ड अनुसार नबनाईनु यस्ताे चरम लापरबाही गरेर निर्माण यात्रा अगाडि बढिरहदा कसरी यस्ताे हुन दिईदै छ भन्ने प्रश्न जिम्मेवार पदाधिकारि, निर्माण समितिमाथि साेझिएकाे छ ।

यश बिषयमा कुरा गर्न विश्वविद्यालयका रजिष्टार संग भेटेर वँहाकाे जवाफ लिने प्रयास गर्नेछाै । याे समाचार तयार पार्दा सम्म वहाँलाई भेट्न पट्क पट्क केन्द्रीय कार्यालय गएका छउ तर वहाँ काठमाडौं रहेकाे जानकारी प्राप्त भएकाे छ ।  


#शुपवि भवन निर्माणमा चरम लापरबाही

प्रतिक्रिया