Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८० फागुन १३ गते आइतबार

रुपान्तरण र फुलकाे प्रहार माथी समिक्षात्मक कार्यक्रम सम्पन्न

खडक ब काेली -

गुगुल्डि वाङ्मय प्रतिष्ठानको आयोजनामा कर्ण दयाल सोराडी तथा कृष्ण सिह पेला का मुक्तक कृतिमाथि समीक्षात्मक कार्यक्रम सम्पन्न भयेको छ।

प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रम कविराज भट्ट तथा जगदीश ओझाले सञ्चालन गर्नु भएको कार्यक्रममा कैलाली तथा कञ्चनपुरका ३दर्जन बढी साहित्यकारहरूको सहभागिता रहेको थियो।

मुक्तककार कर्ण दयालको कृति रूपान्तरणमा साहित्यकार कविराज भट्ट बिलौना तथा प्रगतिशील लेखक संघ कञ्चनपुरका अध्यक्ष  धर्मानन्द भट्टले समिक्षा प्रस्तुत गरेका थिए भने कृष्णसिह पेलाको कृति फूलको प्रहारमा साहित्यकार नारायण गिरी तथा श्रीजन श्री ले समिक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा गुगुल्डि वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले प्रतिष्ठानका गतिविधि, कार्यक्रमको उद्देश्यका साथै सहभागीहरूको स्वागत गरेका थिए भने  मानसखण्ड फाउण्डेशनका अध्यक्ष एवम् साहित्यकार नारा जोशी र सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले शुभकामना मन्तव्य राखेका थिए।
त्यसै गरी मुक्तककार द्वयले लेखकीय मन्तव्य व्यक्त गरेका थिए। साहित्यकार रमेश पन्त मीतबन्धुको संयोजनमा सम्पन कार्यक्रममा गजलकार गगन चुम्वनको नविनतम गजलसंग्रह गगनांशु प्रेमराज भट्ट  र साहित्यकार आर डि प्रभास अभिनन्दन ग्रन्थ उप प्राध्यापक यज्ञराज पन्तले कार्यक्रमका सहभागीहरूलाई उपहार प्रदान गर्नु भयेको थियो।

कृति विमर्श कार्यक्रममा साहित्यकार पञ्चमराज भट्ट, सम्विधान सभा सदस्य एवम् साहित्यकार पुरनसिंह दयाल,मानसखण्ड फाउण्डेशनका सचिव हेमबाबु लेखक  सुप साहित्य समाजका सचिव गणेश नेपाली,  साहित्यकार मीना पन्त, हिराजोशी भट्ट, मधु हमाल, खिमानन्द वडू,पदम सार्की, प्रेम प्रकाश कलौनी,तुलसीप्रसाद पण्डित,  पत्रकार प्रेमराज भट्ट, खडक ब कोली, पश्चिम प्रेसका संयोजक  धीरज जोशी लगायतको उपस्थिति रहेको थियो।

साहित्यिक उन्नयनका लागि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका निरन्तर प्रकाशन गर्दै आएको प्रतिष्ठानले नियमितरुपमा अन्य प्रकाशन ,प्रशिक्षण, कार्यक्रम आयोजना, साहित्यकार सम्मान गर्दै आयेकोमा आगामी दिनहरूमा साहित्यिक श्रीवृद्धिका लागि सबैको साथ र सहयोगका साथै लेखनमा सक्रियता आवश्यक रहेको कुरा सभाध्यक्ष वीरबहादुर चन्दले समापन मन्तव्यमा व्यक्त गर्नुभएको थियो।

कर्ण दयालकाे रूपान्तरणमा २७० मुक्त छन भने कृष्णसिह पेलाकाे फुलकाे प्रहार मा २०० मुक्तक छन ।

प्रतिक्रिया