Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० फागुन १४ गते सोमबार

समुदायमा आधारित नभएका सहकारि भाग्ने  जाेखिम, सदस्यले रिण सदुपयाेग नगर्दा लगानी डुब्ने जाेखिम

कञ्चनपुरमा सहकारी ऐन नियमावली विषयक एकदिने सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

महेन्द्रनगरको सुडा फार्ममा आइतबार जिल्ला भित्र रहेका विभिन्न सञ्चार माध्यममा आवद्ध  सञ्चाकर्मीहरु संग सहकारी ऐनमा व्यवस्था भएका विषयमा अन्तरक्रिया गरिएको हो ।

संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने सहभागीहरुले बताएका छन् । पछिल्लो समयमा विभिन्न सहकारीहरुले शेयर सदस्यहरुलाई दिएकाे रिण ऋणीहरुले उचित प्रयोग नगर्ने र सहकारीहरु पनि समुदायमा आधारित नभएका कारण पैसा खाएर भाग्ने कारण ले पनि सहकारीहरु समस्यामा परेको सहभागिहरुले बताएका छन ।

सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने सहभागी सञ्चाकर्मीहरुले बताएका थिए । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पूँजि परिचालन गरी थप आयआर्जन गर्ने, वचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले बताउनुभयो ।


#सहकारि

प्रतिक्रिया