Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन १४ गते सोमबार

कञ्चनपुर पर्यटन महोत्सवको प्रमुख अतिथि काङ्ग्रेस प्रमुख सचेतक लेखक हुने, महोत्सवमा टिकट लगायतको यस्तो छ व्यवस्था।

खुला मञ्चमा फागुन तेस्रो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८० हुने भएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले कृषि उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ १० दिने महोत्सव गर्न लागेको छ ।
यो महोत्सवको पन्ध्रौँ संस्करण हो। सङ्घले २०५७ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष नेपाल उद्योग वाणिज्य महासङ्घ र भीमदत्त नगरपालिका महोत्सवका संरक्षक छन्। संघले सोमबार सङ्घको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना तयारी सम्बन्धी जानकारी गराएको छ। संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसार गर्ने तथा संरक्षणको उद्देश्य राखेर महोत्सव गरिएको बताए महोत्सवबाट सरकारको ध्यान सुदूरपश्चिम प्रदेशतर्फ आकर्षण हुने संघले अपेक्षा गरेको छ। 
महोत्सवबाट सरकार र सबै देशवासीको ध्यान सुदूरपश्चिम प्रदेश तथा यस जिल्लातर्फ केन्द्रित गराउन सहयोग पुग्छ किसानहरुलाई उजागर गराई स्थानीय स्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न निकासी योग्य वस्तुको पहिचान गर्न घरेलु तथा मझौला उद्योगहरूले उत्पादन गरेका वस्तुको बजार प्रवर्धनमा टेवा निकासीजन्य वस्तुको पहिचान तथा निकासीकर्ताबीच सम्पर्क एवं व्यापारिक कारोबारको सम्भावना व्यापक बनाउन स्वदेशी उत्पादनको उपभोगका लागि जनचेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 यसैगरी कृषि क्षेत्रमा आधुनिक एवं नयाँ प्रविधिका उपकरण एवं मेसनरीका बारेमा जानकारी गराउन सबै जातिका परम्परागत लोक संस्कृतिको जगेर्ना गर्न संघ संस्था शिक्षा बैंक सहकारी लगायतका वित्तीय संस्था र कार्यालयका सेवाहरूको आम जनमानसमा प्रचारप्रसार तथा जानकारी गराउन लक्ष्य हासिल हासिल हुने आयोजकको विश्वास छ।
लगानी अवसरको सिर्जना गर्ने सहकारी वित्तीय क्षेत्र तथा बैंकङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी सूचना प्रविधि सम्बन्धी जानकारी गराउने कृषि पेशालाई व्यवसायिक रुपमा गराउन सहयोग गर्ने कृषि व्यवसायलाई प्रवर्धन गर्ने पर्यटन शिक्षा स्वास्थ्य क्षेत्रमा अवसरको खोजी र सेवाको प्रचारप्रसार गर्ने वैदेशिक रोजगारी सम्बन्धी जानकारी गर्ने ग्रामीण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्री सीपमूलक तालिम र तालिमबाट उत्पादन वस्तुको प्रवर्द्धन गर्ने मेलाका मुख्य उद्देश्य रहेका छन् पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ।
मेलामा लघु उद्यम प्रदर्शनी अटो प्रदर्शनी कृषि प्रदर्शनी गार्मेन्टका उत्पादन जुत्ता चप्पल वैकल्पिक ऊर्जा पर्यटन प्रवर्धन गुणस्तरीय दैनिक उपभोग्य सामग्री निर्माण सामग्री तथा औजार सूचना प्रविधि तथा विद्युतीय सामग्री शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरू सांस्कृतिक कार्यक्रम हास्यव्यङ्ग्य दोहोरी देउडा थारु राना नृत्य नाच प्रतियोगिता राष्ट्रिय स्थानीय तथा भारतीय मौलिक कलाकारहरूले सांस्कृतिक कार्यक्रम पस्कने पर्यटन क्षेत्रको विस्तृत जानकारी डोटेली थारु तथा रानाहरूका खानाका विशेष परिकारहरू बाल उद्यान यस मेलाका मुख्य आकर्षण छन्। यस मेलामा थारु गाउँ छुट्टै निर्माण गरी उक्त क्षेत्रमा थारु समुदायका रहनसहन भेषभुषा र खानामा परिकार तथा नृत्य प्रस्तुत हुने तयारी गरिएको छ।
महोत्सवमा छिमेकी देश भारतसहित कञ्चनपुर लगायतका जिल्लाका २ लाख बढी सहभागीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा ३०० बढी स्थल राखिने भएका छन्। खुला मञ्चमा महोत्सव तयारीको सुरुवात भइसकेको छ। महोत्सव आयोजनाका लागि संघमा अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १५१ सदस्य मूल आयोजक समिति १६ वटा विषयगत समिति तथा सल्लाहकार समिति गठन गरिएका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सहसयोजक तथा महासचिव खगेश्वर प्रसाद बोहरा, सदस्य सचिव रहेको मूल आयोजक समिति गठन गरिएको छ। सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्ल स्वागत सत्कार समिति वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुरक्षा समन्वय तथा यातायात व्यवस्थापन समिति प्रथम उपाध्यक्ष सुरेश गुरुङ बाल उद्यान समिति सचिव राहुल भट्ट खानेपानी विद्युत तथा सरसफाई व्यवस्थापन समिति आर्थिक तथा सांस्कृतिक समिति सदस्य नरेन्द्र प्रसाद जोशी स्टल बुकिङ समिति प्रेम प्रकाश पाठक कृषि प्रवर्धन समिति व्यवस्थापन समिति प्रदिप पाल पार्किङ व्यवस्थापन समिति विशाल सोनहार स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति भोजराज अवस्ती साउन सिस्टम व्यवस्थापन समिति मीनराज भट्ट टिकट व्यवस्थापन समिति र रामचन्द्र बुढा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको संयोजक छन् ।
मेलाको मूल आयोजक समिति तथा विषयगत समितिहरूलाई आवश्यक राय सल्लाह र सुझाव दिनका लागि गठन भएको सल्लाहकार समिति गठन गरिएको छ। संघले महोत्सवमा विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १०० रुपैया टिकट शुल्क लगाएको छ। संघले अनाथ बालबालिका पीडाश्रम धार्मिक क्षेत्र र सामाजिक विकासको लागि प्रति टिकट ५ रुपैयाँ छुट्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवको आम्दानीबाट नेपाल रेडकस सोसाइटीको ब्लड बैंक र जहर खुरानीबाट पीडित व्यक्तिहरूको उद्धारको लागि सहयोग गर्ने संघका अध्यक्ष जोशीले बताए कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश मल्लले महोत्सव उद्घाटन गर्ने छन् संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उद्घाटनका लागि निमन्त्रणा दिइएको थियो। प्रधानमन्त्री समय व्यस्तताका कारण आउन नसक्ने जानकारी आएका कारण सचेतक लेखकलाई प्रमुख अतिथि बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
महोत्सवमा मुख्य प्रायोजकमा प्रभु बैंक लिमिटेड प्रायोजकमा निको इन्सुरेन्स कम्पनी लिमिटेड सहप्रायोजकमा नेपाल बैंक नबिल बैङ्क छन्। यासुडा कम्पनीले टिकट प्रायोजन गरेको छ
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य द्वय लोकविक्रम थापा र माधवप्रसाद भट्टसहित संघका पदाधिकारी सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो।

 


#पन्ध्रौँ संस्करणको कञ्चनपुर महोत्सव

प्रतिक्रिया