Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० फागुन २१ गते सोमबार

महेन्द्रनगर खुलामन्चमा आज कंचनपुर महाेत्सवकाे उद्धाटन हुने ।

खुला मञ्चमा आज सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८० उद्घाटन हुदै छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले कृषि उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ १० दिने महोत्सव गर्न लागेको छ ।
यो महोत्सवको पन्ध्रौँ संस्करण हो। सङ्घले २०५७ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष नेपाल उद्योग वाणिज्य महासङ्घ र भीमदत्त नगरपालिका महोत्सवका संरक्षक छन्। 
संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसार गर्ने तथा संरक्षणको उद्देश्य राखेर महोत्सव गरिएको बताए महोत्सवबाट सरकारको ध्यान सुदूरपश्चिम प्रदेशतर्फ आकर्षण हुने संघले अपेक्षा गरेको छ। 
महोत्सवबाट सरकार र सबै देशवासीको ध्यान सुदूरपश्चिम प्रदेश तथा यस जिल्लातर्फ केन्द्रित गराउन सहयोग पुग्छ किसानहरुलाई उजागर गराई स्थानीय स्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न निकासी योग्य वस्तुको पहिचान गर्न घरेलु तथा मझौला उद्योगहरूले उत्पादन गरेका वस्तुको बजार प्रवर्धनमा टेवा निकासीजन्य वस्तुको पहिचान तथा निकासीकर्ताबीच सम्पर्क एवं व्यापारिक कारोबारको सम्भावना व्यापक बनाउन स्वदेशी उत्पादनको उपभोगका लागि जनचेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 यसैगरी कृषि क्षेत्रमा आधुनिक एवं नयाँ प्रविधिका उपकरण एवं मेसनरीका बारेमा जानकारी गराउन सबै जातिका परम्परागत लोक संस्कृतिको जगेर्ना गर्न संघ संस्था शिक्षा बैंक सहकारी लगायतका वित्तीय संस्था र कार्यालयका सेवाहरूको आम जनमानसमा प्रचारप्रसार तथा जानकारी गराउन लक्ष्य हासिल हासिल हुने आयोजकको विश्वास छ।
मेलामा लघु उद्यम प्रदर्शनी अटो प्रदर्शनी कृषि प्रदर्शनी गार्मेन्टका उत्पादन जुत्ता चप्पल वैकल्पिक ऊर्जा पर्यटन प्रवर्धन गुणस्तरीय दैनिक उपभोग्य सामग्री निर्माण सामग्री तथा औजार सूचना प्रविधि तथा विद्युतीय सामग्री शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरू सांस्कृतिक कार्यक्रम हास्यव्यङ्ग्य दोहोरी देउडा थारु राना नृत्य नाच प्रतियोगिता राष्ट्रिय स्थानीय तथा भारतीय मौलिक कलाकारहरूले सांस्कृतिक कार्यक्रम पस्कने पर्यटन क्षेत्रको विस्तृत जानकारी डोटेली थारु तथा रानाहरूका खानाका विशेष परिकारहरू बाल उद्यान यस मेलाका मुख्य आकर्षण छन्। यस मेलामा थारु गाउँ छुट्टै निर्माण गरी उक्त क्षेत्रमा थारु समुदायका रहनसहन भेषभुषा र खानामा परिकार तथा नृत्य प्रस्तुत हुने तयारी गरिएको छ।
महोत्सवमा छिमेकी देश भारतसहित कञ्चनपुर लगायतका जिल्लाका २ लाख बढी सहभागीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा ३०० बढी स्थल राखिने भएका छन्। खुला मञ्चमा महोत्सव तयारीको सुरुवात भइसकेको छ। महोत्सव आयोजनाका लागि संघमा अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १५१ सदस्य मूल आयोजक समिति १६ वटा विषयगत समिति तथा सल्लाहकार समिति गठन गरिएका छन् ।
 कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महोत्सव उद्घाटन गर्ने छन्


#कंचनपुर महाेत्सव

प्रतिक्रिया