Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० फागुन २१ गते सोमबार

नयाँ सत्ता समिकरण तयारि पछि शेयर बजारमा ७६ अंककाे बृद्धि

राजनीतिक सत्ता समीकरण परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ । 
आजको बजारमा प्रि-ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अङ्कमाथिले बढेर २ हजार ३९ अङ्कमाथि पुगेको हो । 
बिहान १०ः५० बजे १९ सय ७६ अङ्कमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अङ्कले बढेर १९ सय ८८ अङ्कको विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अङ्कले बढ्दै २ हजार ३१ अङ्कमा उक्लिएको छ । 
बजार खुलेको केही समयभित्रकै तीव्र वृद्धिले नेप्से सूचकको आजको कारोबार के हुने हो भन्ने सबैमा कौतूहल बनाएको छ । 

प्रतिक्रिया