Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० फागुन २१ गते सोमबार

लाेप भईरहेकाे माैलिक पर्व र खाने परिकार प्रवर्धनमा मन्त्री धामीकाे जाेड

सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव भित्र यस पटक थारुगाँउ स्टल रहेको छ ।
मेला उद्घाटनकै दिन महोत्सवका बिशिष्ठ अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले थारुगाँउ स्टलको उद्घाटन गरेका छन । थारुगाँउ स्टलको उद्घाटन गर्दैमन्त्री धामीले लोप भईरहेको थारु समुदायको मौलिक पर्व र खाने परिकार प्रर्बद्धनमा जोडदिए ।
मन्त्री धामीले आफ्नै लोक परम्परा धर्म संस्कृृतिलाई प्रर्बद्धन गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोडदिए । थारु गाँउ स्टलका संयोजक एव कञ्चनपुरका थारु अगुवा बेद प्रशाद चौधरीले लोप भईरहेको थारु समुदायको लोक संस्कृति, धर्म परम्परा, सरक्षण प्रर्बद्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए ।
‘हामीले यस पटकको महोत्सवमा पहिलो पटक थारुगाँउ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भईरहेको थारु धर्म, सस्कृति, परम्परा सरक्षण, प्रर्बद्धन गर्न खोजेका छौँ ।’
थारु खाने परिवारलाई बजारिकरण गर्दै थारु समुदायलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको उनले बताए । ‘हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तिमा १२ स्टल राख्ने र थारु समुदायको लोक संस्कृति परम्परा झल्किने साँस्कृतिक सहित खाद्य परिकार राखेका छौँ ।’


#मन्त्री धामी

प्रतिक्रिया