Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
दार्चुला
२०८० चैत ०४ गते आइतबार

शिक्षा प्रमुख प्राथमिकता राखेकाे बताउने महाकाली नगरकाे एक विद्यालय जिर्ण ।

दार्चुला जिल्लाको एक सरकारी विद्यालय जिर्ण बन्दै गएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नं.०७ धापमा रहेको श्री लटिनाथ आधारभुत विद्यालय थालिगाडको अवस्था जिर्ण बन्दै गएको हो ।
२०५३ सालमा स्थापित विद्यालयको व्यवस्थापन, स्तरोन्नती र सुधारका बिषयमा पटक पटक पहल गर्दा पनि सरोकारवाला निकायले चासो नदेखाएको स्थानिय बिशाल सिंह रैखोलाको गुनासो रहेको छ । यस विद्यालयको संरक्षण र प्रवर्धनकाे लागि वडा र नगरपालिकामा पहल गरे पनि खासै चासो नदेखाएको रैखोलाले बताएका छन ।
उक्त विद्यालयमा ५१ जना विद्यार्थी रहेका छन भने ५ जना शिक्षक रहेका छन । विद्यालयका प्रधानाध्यापक लालमती रैखोलाले नगरपालिकाले विद्यालयको अवलोकन गरेर स्तरोन्नतीमा पहल गर्ने प्रतिवद्धता जनाएको र वडा कार्यालयले पनि सहयोग गर्ने बताएकाे बताएका छन । यसैगरी स्वरोजगार कार्यक्रम अन्तरगतको जनशक्ति परिचालन गरी नगरपालिकाले सिमेन्ट उपलब्ध गराउने र छिट्टै विद्यालय पर्खाल सहित भवनको सानतिनो मर्मत कार्य सुधारको कार्यक्रमलाई अघि बढाउने वडा अध्यक्ष सोबन सिह रैखोलाले बताएका छन ।
 
महाकाली नगरपालिका मेयर नरसिंह चैसिरले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरी रहेको बताएका छन । आफुले मेयर हुनुपूर्व शिक्षा क्षेत्रमा अनेकौ समस्या र चुनौति देखेकोले यस क्षेत्रलाई नै पहिलो प्राथमिकता दिने प्रतिवद्धताको साथ अहिले लागेको बताएका छन । थालिगाड विद्यालयको जस्तै धेरै ठाउँमा अति जटिल समस्या रहेको र विद्यालय भवन शिक्षकको आपूर्ती लगायतको क्षेत्रमा काम भैरहेको तत्काल सानोतिनो समस्यालाई सुधार गर्दै थप बजेटको विनियोजन गर्ने कार्य अघि बढाउने मेयर चैसिरले बताएका छन ।
यहाँका स्थानिय अभिभावक वडा जनप्रतिनिधि लगायत सबै संग सहकार्य गरेर विद्यालयको स्तरउन्नतीको लागि लाग्नु पर्ने कुरामा जोडदिदै नयाँ सुविधा सम्पन्न भवन निर्माणको लागि आफु अघि बढेको मेयर चैसिरले बताएका छन ।


#थालिगाड स्कुल

प्रतिक्रिया