Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत १४ गते बुधबार

डडेल्धुरामा जिप दुर्घटना भएको छ । आज (बुधबार) साँझ ५ बजेरित भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। जिपमा ६ जना सवार रहेकोमा अन्य दुई जना भने सकुशल रहेका छन्। डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्।


#जिप दुर्घटना

प्रतिक्रिया