Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत १७ गते शनिबार

कंचनपुर हार्डवेयर तथा निर्माण ब्यावसायी संघकाे साधारणसभा सुरु ।

हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कंचनपुरको ११औ वार्षिक साधारण सभा सुरु भएको छ । हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कंचनपुरका अध्यक्ष देवराज मिश्रको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले गरे ।

मेयर बोगटी प्रमुख अतिथि भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष कृष्ण राम न्यौपाने र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी छन् ।

कार्यक्रममा हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कञ्चनपुरले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुका साथै स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिएको छ ।

जिल्लाका विभिन्न संघ संस्थाहरुमा आवद्ध बिशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न साधारण सभामा संघका महासचिव रामदत्त भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बल्देब भट्टले आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष वसन्तराज जोशीले सहभागीहरुलाई स्वागत गरेका थिए ।


#हार्डवेयर तथा निर्माण ब्यावसायी

प्रतिक्रिया