Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० चैत २२ गते बिहिबार

दल्लाहरु हाेसियार

अतिक्रमण हटाउने भन्दै केहिदिनबाट कंचनपुरकाे महेन्द्रनगरमा तरङ्ग फैलिएकाे छ । तर यहाँ मुख्य कुरा अर्कै देखिदैछ । महेन्द्रनगरमा अतिक्रमण भन्दै हटाउन खाेजिएका जग्गाहरु एउटा नेपाल बाल संगठन र अर्काे खाध्य ब्यावसाय तथा व्यापार कम्पनी कम्पनीकाे रहेकाे छ ।
यी दुबै जग्गाहरु महेन्द्रनगरकाे मुटुक्षेत्र महेन्द्रनगर बसपार्क संग जाेडिएका छन । दुवै जग्गाहरु सम्झैता नै गरेर भाडामा लिएकाे देखिएकाे छ । 
बाल संगठनमा ४६ पसल बनेका छन त्याे बाहेक फर्निचर र सार्क स्कुल समेत छन । तर स्कुल र फर्निचर छाडेर पसलहरु हटाउन खाेजिएकाे छ ।
यसैगरि व्यापार कम्पनीको जग्गामा करिव १४१ सटर बनेका छन । याे सबै जग्गा ठेकेदारहरुले भाडामा लिएर पसल गर्नेहरुलाई भाडामा  मात्र दिएनन भाडामा लिनेहरुले ४,५ , १० लाख सम्म रकम धराैटि समेत दिए र सटर पनि आफै बनाए । यत्तिका लगानी गर्दा समेत अबैध भन्दै हटाउन खाेजिएकामा संघर्स  समिति बनाएर बिराेध जनाएका छन 
बुधबार संघर्स समितिले पत्रकार सम्मेलन गर्दै ठेकेदार लाई २०८२ सम्मका लागि ठेक्का दिईरहेकाे भएपनि आफुलाई बिना कारण अतिक्रमकारि भन्दै बिचमा हटाउन खाेजेकाे, १५ दिनमा यत्राे सामान लग्न सम्भव नभएकाे, बरु कम्पनिलाई नै भाडा तिर्छाै र आफुलाई व्यापार गर्न दिनुपर्ने ब्यावसायीकाे माग छ ।
पत्रकार सम्मेलनमा बाेल्दै ब्यावसायीहरुले आफुहरुबाट ठेकेदारहरुले लाखाै रुपैया भाडा बाहेक उठाएकाे रकम छ त्याे फिर्ता हुनुपर्ने माग राखेका छन । नेकपा एमालेका नेता महेश पन्त्तले भने सरकार र ब्यावसायीका बिचमा विभिन्न लाेभ देखाएर रकमकाे दलाली गर्ने दल्लाहरु हाेसियार, यस्ता दलाहरुलाई कार्वाहि गर्नु पर्दछ । नेपाली काग्रेसका नेता अच्युत कलाैनीले २० बर्ष सम्म बस्न दिने भन्दै ईलिगल रुपमा रकम लिईयाे यस्ता दलाल हरुलाई कार्वाहि कस्ले गर्ने ? दलाली गर्नेले पहिले लिएकाे रकम फिर्ता गर्नुपर्याे ती जनताका बिराेधि माफिया हुन ।
थप हेर्ने तलकाे भिडियाे हेर्नुहाेस 


#खाध्य व्यापार कम्पनी

प्रतिक्रिया