Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० चैत २४ गते शनिबार

अनिता बुढा उपचारका लागि आर्थिक सहयोगको अपिल

कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं ९ निवासी  अनिता बुढाको पित्त नलिमा भएको  समस्या जटिल भै शल्यक्रिया गर्नु पर्ने भएको हुँदा आर्थिक सहयोगको अपिल गर्नु भएको छ।

एकासी जटिल स्वास्थ्यमा आएपछि माया मेट्रो अस्पताल बाट काठमाडौ रिफर गरिएको उनलाई स्वास्थ्य उपचारका लागि आर्थिक अवस्था कम्जोर भएको हुँदा उपचारको लागी सहयोगको अपिल गरेको हो।

घरयासी आर्थिक अवस्था निकै कमजोर रहेको र विरामी बुढा एकल महिला समेत भएको र आम्दानीको श्रोत कुनैपनि नहुदा उपचारमा आर्थिकको कारण समस्या भएको छ।  वैदेशिक रोजगारीमा रहेका उनका एक मात्रै छोरा आमाको अवस्था नाजुक भएपछि उनका आफन्तले स्वदेश आउन आग्रह गरेपछि उनी  तत्कालै काम छोडेर नेपाल फर्किएका छन्। 

उनी उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचाररत छन् । उपचारका क्रममा धेरै रकम सकिसकेको र अगाडी थप उपचार गर्न निकै समस्या भएको हुँदा सक्दो सहयोगका लागि देश तथा विदेशमा रहनु भएका संम्पुर्ण दाजुभाइ दिदिबहिनी आमाबुबा आफन्तजन ईष्टमित्र शुभचिन्तकहरुमा हार्दिक अपिल गरेका छन्।

सहयोगको लागि निम्न ठेगानामा रहेको प्रभु बैकं खाता नम्बर र ई-सेवा नम्बरमा आर्थिक सहयोग गर्न सकिनेछ।


#सहयाेगकाे अपिल

प्रतिक्रिया