Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २४ गते शनिबार

सानिमा रिलायन्सद्वारा बिमा बापतको रकम मृतकको परिवारलाई प्रदान

सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स लि. मसुरिया शाखा कैलालीले बिमा बापत मृतकको परिवारलाई रकम प्रदान गरेको छ । कैलारी गाउँपालिका वडा नं ८ का वडा सदस्य स्व: माघुराम चौधरीको श्रीमती गीतादेवी चौधरी लाई एक कार्यक्रम गरि १० लाखको चेक हस्तान्तरण गरेको हो ।
कैलारी गाउँ पालिकाले २०७९ असोज महिनामा सम्पुर्ण जनप्रतिनिधिहरुको सुरक्षाका निम्ति म्यादी बिमा गराएको थियो । वडा न.८ का जनप्रतिनिधि स्व.माघुराम चौधरीको पनि बिमा गरिएको थियो । बिमा गरेको ११ औ महिनामा अथवा २०८० भाद्र ३ गते चौधरीको निधन हुन पुग्यो ।  बिहिबार चौधरीको परिवारलाई सो बिमा रकम हस्तान्तरण गरिएको हो ।
वडा न. ८ का वडा अध्यक्ष  तारामल कठरियाको सभापतित्वमा भएको कार्यक्रममा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको थियो ।  कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा कैलारी गा.पा.का प्रमुख प्रशासकीय आधिकृत लक्ष्मी दत्त भट्ट, सानिमा रिलायन्स लाइफका क्षेत्र शाखा प्रबन्धक हेमन्त बहादुर सिंह, मसुरिया शाखा प्रबन्धक पुरनलाल राना, मार्केटिङ अफिसर लौटन कुमार कठरिया लगायत स्थानिय समाजसेबी बुद्धिजीवी र मृतकका परिवारहरुको सहभगिता रहेको थियो ।


#सानिमा लाईफ

प्रतिक्रिया