Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० चैत २५ गते आइतबार

डडेल्धुरामा बनकाे आगाे घरगाेठमा पुग्दा जनावर र सरसामान क्षति
साङ्केतिक तस्बिर

डडेल्धुराको परशुराममा वनबाट सल्किएको आगोले गोठमा क्षति भएको छ। जिल्लाको भित्रीमधेस मा पर्ने परशुराम नगरपालिका–११ सल्लेरी सामुदायिक वनमा लागेको आगो ललित देवकोटाको गोठमा सल्किएको हो।

गोठमा लागेको आगोका कारण एक गाइको बाच्छो मरेको छ। तीन वटा गाई जलेर घाइते भएका छन्। उनको घरमा रहेको लत्ता–कपडा, खाद्यान्न लगाएतका सामान जलेका प्रहरीले जनाएको छ।  आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। 


#बनकाे आगाे गाेठमा पुग्याे

प्रतिक्रिया