Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० चैत २७ गते मङ्गलबार

वातावरण जाेगाउन सामुदायिक वन समन्वय समिति कंचनपुरले दियाे तालिम

सामुदायिक वन समन्वय समिति कञ्चनपुरको आयोजनामा वातावरण संरक्षणका लागि तालिम भएकाे छ । मंगलबार तराई भू–परिधि कार्यक्रमको आर्थिक सहयोेगमा शुक्लफाँटा नगरस्तरिय “विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

तालिमा बाेल्दै पुर्व प्रदेश सभा माननीय तथा सामुदायिक वन समन्वय समिति कंचनपुरका अध्यक्ष महेश दत्त जाेशीले मौसममा फाल्गनु देखि जेष्ठ सम्म बनमा आगलागी हुने हुदाँ त्यँहा भएका जनावर नष्ट हुनुको साथै वातावरण पनि प्रदुषण हुने भएकोले यसको रोकथामको लागि सबैले सचेत हुनुपर्ने’  बताए ।
‘कार्यक्रममा वातावरण संरक्षणको लागि कसरी आ–आफ्नो तहबाट भूमिका खेल्न सकिन्छ जसले गर्दा स्वच्छ वातावरणमा बस्ने सक्ने सबैको अधिकार सुनिश्चित होस भन्ने विषयमा चर्चा भएको थियो ।

वातावरण स्वच्छ भए निरोगी भएर बाच्न सकिने तराई भू–परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज देवराज जोशीले बताए । ‘विपद जोखिम न्युनिकरणको लागि स्थानिय सरकार देखि सामुदायिक वनले पनि यसको लागि नगरपालिका सँग सहकार्य गरेर अघि बढनु पर्ने’ शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले बताए ।


शुक्लाफाँटा नगरपालिका सभा कक्षमा आयोजित कार्यक्रममा सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख रणवहादुर महरा रहनु भएको थियो उक्त कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्ट, पत्रकार सहभागी रहेकाे तराई भू–परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज देवराज जोशीले बताए । तालिममा प्रशिक्षक दिनेश जोशीको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्टले गर्नु भएको थियो ।


#सामुदायिक वन समन्वय समिति

प्रतिक्रिया