Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० चैत २९ गते बिहिबार

सामुदायिक वनका सचिव, अध्यक्ष काठ तस्करीमा पक्राउ, कर्मचारिकाे समेत मिलेमताे रहेकाे स्थानियकाे आराेप ।
फायल तस्बिर, काटिएकाे रुखकाे अनुगमन गर्दै वडा २ अध्यक्ष अर्जुन सावद

कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका सामुदायिक वनकै पदाधिकारी काठ तस्करीमा संलग्न भएको पाईएको छ । वन सरक्षणका लागि  सामुदायिक वनको जिम्मेबारीमा रहेका नेतृत्व पदाधिकारी नै काठ तस्करीमा संलग्न भएको पाईएको छ ।  
सामुदायिक वनका पदाधिकारीले आ–आफ्नो वनभित्र रहेको वन,जंगल र बन्यजन्तुको सरक्षण प्रर्बद्धन गर्नुपर्ने दायित्व भएपनि आफै काठ चोरी तस्करीमा संलग्न भएको पाईन्छ । गत पुष अन्तिम साता कृष्णपुर नगरपालिका २ वाणी स्थित गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी काठ तस्करीमा पक्राउ परेका थिए । गडबिजला सामुदायिक वनका अध्यक्ष चौधरी पक्राउ परेको तेस्राे  महिना चैत्र पहिलाे साता कृष्णपुर नगरकै बिरेन्द्र सामुदायिक बनका अध्यक्ष राम प्रसाद राना र उपाध्यक्ष  मीन बहादुर बिष्ट मिलमा काठ चिराउदै गरेकाे अवस्थामा पक्राउ परे । यसैगरि १ नम्बर वडाको जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्त पक्राउ परेका छन । 
गडबिजला सामुदायिक वनमा तीन सालका काचा रुख काटिएको र गत बर्ष कृष्णपुर नगरपालिका २ केराबारीमा ५९.८८ क्युफिट काठ बरामद गरिएको घटनालाई लिएर अध्यक्ष चौधरी पक्राउ परेका थिए । सव डिभिजन वन कार्यालय वाणीको टोलीले गत पुष अन्तिम साता गडबिजलाका अध्यक्ष चौधरी पक्राउ गरेर वन मुद्दा चलाएको छ । बिरेन्द्र सामुदायिक बन का अध्यक्ष उपाध्यक्ष दुवैजनालाइ पक्राउ गरि अदालत पेश भई धराैटि राखि बाहिर आएका छन । यहाँ पनि सुरुमा काठ नभएकाे खामा खुट्टा रहेकाे , पछि समृद्धि पाेष्टकाे निरन्तर फ्लाेअप पछि करिव ९० क्युफिट पछि ,थप करिव ४६ क्युफिट र पछि बनमा करिव ढाईसय क्युफिट काठ काटेकाे फेला परेकाे थियाे ।
यि प्रकरण सेलाउन नपाउँदै फेरी जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्त पक्राउ गरेका छन । 
वाणी सव डिभिजन वन कार्यालयका इन्चार्ज हरिनारायण यादवले जगदम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्तको खेतमा लगभग ६० क्युफिट सालको काठ बरामद भएपछी पक्राउ गरिएको बताए । ‘सामुदायिक वनकै सचिव पन्तको खेतमा हामीले अवैध काठ बरामद गरेपछि उनलाई पनि पक्राउ गरेर हिरासतमा राखेका छौँ, ‘उनले भने, ‘उक्त अवैध काठ बारे अनुसन्धान भईरहेको छ ।’ यसरी अवैध काठ तस्करीमा प्रकरणमा  सामुदायिक वनका पदाधिकारीकै पदाधिकारी पक्राउ प्रकरणबाट वनकै पदाधिकारी काठ तस्करीमा संलग्न रहेको पुष्टी भएको छ ।
समृद्धि पाेष्टले रेन्जर यादवलाई पन्त बाहेक बन पदाधिकारि र  कर्मचारिले मिलेमताे गरेर मात्र काठ चाेरि भयाे हाेला, दुबै पक्षकाे मिलाेमताेमा काठ धनगढि सम्म तस्करि भईरहेकाे आराेप स्थानियले लगाएका छन भन्दा रेन्जर यादवले अनुसन्धान गरिरहेकाे अहिले सम्म घाट गद्दिबाट काठ चाेरेर पन्तकाे खेतमा राखेकाे देखिन्छ । त्यसकारण पन्त पक्राउ गरि ल्याएका छउ बाकि अनुसन्धान गरिरहेकाे बताएका छन ।
बैज्ञानिक बन ब्यवस्थापन बाट निस्केको ठुलो परिणाम काे काठ अत्तरिया धनगढीका स:मिल मा उपभोक्तालाई दियेकाे बिल काटि अनिमियतता भयेकाे यस्मा कर्मचारी र बन का अध्यक्ष काे हात रहेको छ । एक जना सचिवलाई मात्रै फसाउन खाेजेकाे छ तर सबै समितिको र कार्यालय सचिवालयको मिलेमतो रहेकाे वनकाे खातामा रहेकाे २५ लाख पनि हिना मिना भईजाने खतरा छ पुर्ब अध्यक्ष धन बहादुर बिष्टले छाेडे देखि अनिमियता भईरहेकाे स्थानियले नाम नखाेल्ने सर्तमा आराेप लगाएका छन ।

। तीन बर्षदेखि कंचनपुरका सामुदायिक वनमा काठ संकलन बिक्रि वितरण बन्द रहेकामा, चालु बर्षमा काठ कटानी खुलेसंगै कृष्णपुर सहित कञ्चनपुरका केही अन्य वनहरुमा समेत बेतिथि मच्चिन थालेपछि डिभिजन वन कार्यालयले वनकै पदाधिकारी पक्राउदेखि कार्बाही गर्न थालेकाे देखिएको छ । 
 यसरी सामुदायिक वनका पदाधिकारी काठ तस्करीको आरोपमा पक्राउ पर्न थालेपछि सरक्षणकर्मी चिन्तित भएका छन । सामुदायिक वन समन्वय समितिका निर्वतमान अध्यक्ष शिवदत्त पन्तले वन सम्बन्धीको कानुनी व्यवस्था बारे पदाधिकारी अपटेड नहुनु, केही नियत जस्ता अवस्थाले आफै फन्दामा पर्दै आएको बताए । उनले सरक्षणका कामकाजमा सचेत भएर मात्रै काम गर्न र वन प्राविधिक संगको सल्लाह, समन्वयमा काम गर्नुपर्ने सुझाव दिएका छन । ‘कोही जानीजानी गैर कानुनी काममा संलग्न भएको पाईएको छ, कोही नजानेरै आफै फसेका छन, ‘उनले भने, ‘अब सबै सामुदायिक वनका पदाधिकारी समेत र गम्भिर भएर कानुनी विषय व्यवहारिक कार्यान्वयन गरेर मात्रै कामकाज गर्नुपर्छ ।’ 


#बन तस्करि #कृष्णपुर

प्रतिक्रिया