Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ बैशाख ०१ गते शनिबार

बैतडीका चन्दले "सुना-गोपीकृष्ण"अक्षयकोष स्थापना गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको एक स्कुलमा "सुना-गोपीकृष्ण"अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

शिक्षाको क्षेत्रमा निकै आफुलाई अग्रसर बनाउन सफल डा.हिरा चन्दले आफुले जिवनको ठुलो सपना पि.एच.डी ( विद्यावारिधि ) उपाधी हासिल गरेको खुसी संगै स्वर्गीय. आमा बुवा सुना देवा चन्द , गोपि चन्द र जेष्ठ भ्राता स्वर्गीय कृष्ण बहादुर चन्द (प्रथम गुरु) को नाम मा  "सुना-गोपीकृष्ण"अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो।

 उनले पिएच.डि ( विद्यावारिधि ) उपाधी हासिल गरेको अवसरमा नयाँ वर्ष २०८१ को आगमन संगै आज बैशाख १ गतेका दिन स्व. माता, स्व.पिता र स्व. जेष्ठ भ्राता ( प्रथम गुरु ) को स्मृतिमा इष्टकुल उदयदेव महराज कफाडि, बैतडीको नाममा रु १,११,१११ ( एक लाख एघार हजार एक सय एघार ) उनले अक्षराम्भ गरेको विद्यालय उदय मा.वि. कफाडि,बैतडीको नाममा रु १,११,१११ ( एक लाख एघार हजार एक सय एघार)  धनराशिको "सुना- गोपिकृष्ण"  नामक अक्षयकोष स्थापना गर्ने निर्णय चन्दले गरेको छन्।


#डायमण्ड चन्द

प्रतिक्रिया