Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख ०५ गते बुधबार

भाेली र पर्सि भिटामिन ए र जुकाकाे औषधी खुवाईने

भाेली र पर्सि  भिटामिन ए खुवाईने भएकाे छ ।२०८१ बैशाख ६ र ७ गतेका दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ बर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने भएकाे छ ।
भिटामिन ए र जुकाकाे औषधी राष्ट्रिय अभियान का रुपमा गाउ टोलमा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु मार्फत आफ्ना बालबालिकाहरुलाई खुवाउन हुन् स्वास्थ्य कार्यालय कंचनपुरले सुचना जारि गरेकाे छ ।
 यस अभियानमा ५ बर्ष सम्मका नियमित खोप छुट भएका बालबालिकाहरुको पहिचान गरि खोपको छुट मात्रा समेत प्रदान गरिदैछ । 
 यस अवसरमा ६ महिना देखि २४ महिना सम्मका बाल बालिकाहरुकालागि बाल भिटा समेत वितरण हुने व्यहोरा जानकारी स्वास्थ्य कार्यालयले गरेकाे छ ।


#भिटामिन ए

प्रतिक्रिया