Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १३ गते बिहिबार

बन डडेलाे नियन्त्रणका लागि सियफसिसि काे तालिम,  पर्यावरण संरक्षणमा टेवा पुग्ने
फायल फाेटाे

सुक्खायामको मौषममा वन तथा चुरे वनमा लाग्ने डडेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्तालाई तालिम दिईएको छ । सामुदायिक वन समन्वय समितिले  USAID जल जंगल परियोजना काे सहयोगमा कंचनपुरका सामुदायिक वनका उपभोक्ताहरुलाई वन डडेलो नियन्त्रण तथा व्यवस्थापन तालिम दिन लागेको हो । 


सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले चुरेदेखि तराई क्षेत्रमा रहेका सामुदायिक वनका उपभोक्ताहरुलाई वनमा लाग्नसक्ने डडेलो नियन्त्रणका लागि डडेलो व्यवस्थापन तालिम दिन लागेको बताए । अध्यक्ष जोशीका अनुसार सैद्धान्तिक ज्ञान सहित अभ्यासका विधीबाट सामुदायिक वनका उपभोक्ताहरुलाई तालिम दिईएको बताए । ‘तराईका वनमा लाग्ने आगो निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेमा लाग्ने आगो भौगोलिक कठिनाईका कारण समस्या हुने भएकाले जिल्लाको चुरे क्षेत्रका अधिकाँस सामुदायिक वनका उपभोक्ताहरुलाई डडेलो व्यवस्थापन तालिम दिईएका छौ ।’ 


फागुनदेखि जेठसम्म वनमा लाग्नसक्ने डडेलोबाट जैविक विविधताका साथै मानवबस्ती जोखिममा पर्ने भएकाले जोखिम घटाउन उपभोक्ताहरुलाई तालिम दिन लागेको बताए । 
सामुदायिक वन समन्वय समितिका टिम लिडर शिवदत्त पन्तले चुरेसंग प्रत्यक्ष जोडिएका भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी, लालझाडी, पुनर्वासका सामुदायिक वनका उपभोक्ताहरुलाई वन डडेलो व्यवस्थापन आगलागी नियन्त्रण तालिम लिईएको बताए । उनका अनुसार हालसम्म ६० सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुलाई तालिम दिईएको छ । 
जलजगल परियोजना मार्फत चुरे, लालझाडी मोहना सरक्षित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै जोडिएका बन्यजन्तुका कोरिडोर क्षेत्रका वनका उपभोक्ताहरुलाई तालिम दिईएको बताए ।
‘वनमा लाग्ने डडेलोले एकातिर वन, पर्याबरण बन्यजन्तुमा असर पर्ने अर्कातिर जैविक विविधता र मानव बस्तीमा समेत आगलागीको जोखिम पर्ने भएकाले हामीले जोखिम न्यूनिकरणका लागि तालिम संचालन गछौँ, ‘उनले भने, ‘तालिमबाट सिकेका विषयबस्तु उपभोक्ताहरुले व्यवहारिक कार्यान्वयन गर्दछ, जसरी गाँउमा कुनै स्थानमा आगो लागे सबै गाँउले मिलेर निभाउँछन, त्यसरी अब जहाँ वनमा आगो लाग्यो, त्यही भएर उपभोक्ताहरुले निभाए जोखिम घटछ ।’ 
चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले अन्य क्षेत्र भन्दा चुरे क्षेत्रमा आगलागी बढि जोखिम भएको बताए । ‘तराईका वनमा लागेको आगो निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेको आगो जोखिम हुन्छ, उपभोक्ताले तालिम पाएपछि निभाउन सहज हुन्छ ।’ कञ्चनपुरको उत्तरी चुरेको डडेलोको जोखिममा भएकाले सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बताए ।
सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ताहरुले पहिलो पटक डडेलो व्यवस्थापन तालिम पाएको भन्दै वनमा लाग्ने आगो नियन्त्रणमा मदत पुग्ने बताएका छन । सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ता रमा पालले वनमा लाग्ने आगो नियन्त्रणका लागि तालिम पाएपछि आगो निभाउन सहज भएको बताईन ।
 ‘हामीले यस अघि तालिम पाएका थिएनौँ, ‘उनले भनिन, ‘अहिले पाएका छौँ, अब आगो निभाउन सहज हुनेछ ।’ सिद्धनाथ सामुदायिक वन उपाध्यक्ष लोक बहादुर ऐरले वनमा लाग्ने आगो व्यवस्थापन बारे तालिम पाएसंगै आगलागी भए सबै उपभोक्ताहरुले सामुहिक रुपमा निभाउन खटिने बताए । उनले आगो निभाउने ज्ञान हासिल गरेपछि आफ्नो सहित चुरे वनमा लाग्ने आगो नियन्त्रण गर्न सक्ने बताए । 
‘विगतका बर्षहरुमा वन र चुरेमा लाग्ने आगो हामीले नियन्त्रण गर्ने आईडिया नै थिएन, ‘उनले भने, ‘अब हामीले पाएको ज्ञानको सदुपयोग गर्दै अघि बढ्छौँ ।’ सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख एव वन अधिकृत अम्मर सिह धामी र सामुदायिक वन समन्वय समितिका कार्यक्रम संयोजक उपदेश भट्टले आगलागी नियन्त्रण बारे वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिएका छन । बनमा लाग्ने आगोबाट भावि दिनमा निम्तिने जोखिम न्यूनिकरणका लागि उपभोक्ताहरुलाई तालिम दिएसंगै पर्यावरण सरक्षणमा टेवा पुग्नेछ । 


#सियफसिसि

प्रतिक्रिया