Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ मङि्सर ०१ गते बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुसँग भएको लगानी योग्य रकम बैंकहरुको मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बोर्डले १ बर्षका लागि निश्चित रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । बोर्डले बुधबार एक सुचना जारी गरेर यसको जानकारी दिएको हो । तर, कति रकम बैंकमा राख्ने भनेर खुलाएको भने छैन ।

बोर्ड उक्त रकम लिन चाहाने बैंकहरुलाई मंसिर ५ गते भित्र प्रस्ताव पेश गर्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया