Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०२ गते बिहिबार

धनगढिमा १० बर्षिय बालक मृत फेला

धनगढी । धनगढीमा एक बालक मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका – २ शिखर टोलस्थित एक घरमा बालक मृत फेला परेका हुन् । प्रहरीका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका –२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग वडा नम्बर २ स्थित रोहिणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । निशान कोठाभित्रै मृत फेला भेटिएका थिए ।                                            आमा र बुवा बहादुर भने भारतमा छन् । माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन् । ‘माघी रोकाया एक छोरा र एक छोरीसंगै कार्तिक ३० गतेदेखि बेपत्ता रहेको जानकारी प्राप्त भएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।’ स्थानीयले बालकको हत्या भएको बताएका छन्।

प्रतिक्रिया