Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ माघ १० गते सोमबार

बाजुरा सदरमुकाम मार्तडिमा पहिलाे पटक जाेडियाे बिधुत राष्ट्रिय प्रशारण लाइन

बाजुरा सदरमुकाम मार्तडिमा साेमबार बाट बिधुत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाईनकाे बिधुत जाेडिएकाे छ ।
सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडिएको हो । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गरेको हो ।
सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिको माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दोलन समेत गरेको थियो । २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । उक्त सहकारीले दिनमा १० घण्टा लोडसेडीङ्ग गर्न लागे पछि स्थानियहरु बियुतको माग गर्दै आन्दोलनमा उत्रिकाका हनु। नेपाल बिद्युत प्राधिकारणले लिज सम्झैता तोडेर आज बाट केन्द्रीय प्रशारण लाईनको ११ सय केबिएको लाई बाट सदरमुकामा बिद्युत सेवा सूचारु गरे पछि स्थानिय खुशी भएका हुन्।
२ सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसो लोडसेडिङ गर्दै आएको थियो ।
‘सदरमुकाम मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलोपटक मार्तडीमा ११ केभिको लाईन जडान गरिएको हो । अब देखी बाजुराका स्थानियले लोडसेडिङ्ग को झमेला बाट मुक्ती पाएका छन्। एक दुई दिन लाईन परीक्षणमा भएका कारण केही समस्या आउँने छ। पछि बिस्तारै समस्या समाधान हुँने छ। ’ बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए।
‘लोड सेडीङ्ग हुँदा हामीले समस्या भोग्नु परेको थियो अब आन्दले काम गर्न अबसर मिल्ने छ। तर पछि बर्षदमा कतै लाई गयो भने समस्या हुँने होकी भन्ने चिन्ता छ।’ ग्रिल ब्यापारी लक्ष्मण बिकले बताए,
‘हाम्रा बिद्यार्थिले नियमित उज्यालो पाएर पढ्ने अबसर मिल्ने भयो यसले गर्दा हामीलाई सहज वरीस्थाती भएको छ। हामीलाई काम गर्न सजिलो हुँने भएको छ। चौबिसै घण्टा बत्ती हुँदा हामीलाई सजिलो हुँने भएको छ। ’स्थानिय काँशीबाहादुर बोहराले बताए।
‘हामीलाई काम गर्न सजिलो भएको छ। लोडसेडिङ्ग हुँदा घाम तापेर बस्नु पर्ने बाध्यता थियो आज बाट काम गर्न सहज हुँने भयो ।’ ग्रिलमा काम गर्ने भारतिय मिस्तीरी आसीम खालिन खानले बताए।
नेपाल बिद्युत प्राधिकरणको बक्ती बाल्दा जनता जति खुशी छन्। त्यसलाई निरन्तरता दिनको लागि बिद्युत प्राधिकरणले महनत गर्नु पर्ने देखीन्छ। अहिले आएको बक्तिको भोल्टेज नपुगेर दिनभर उपकरणका काम गर्न असहज भएको छ। यो सुधार भए मात्र स्थानियले गरेको नागरीक आन्दोलनले सार्थकता पाउँने छ।

प्रतिक्रिया