Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ मङि्सर ०७ गते मङ्गलबार

मैखोलीमा अाज  अँठोला परिवारको बृहत अन्तरक्रिया

दार्चुला । अँठोला परिवारको साझा संस्था निर्माणका लागि मंसिर ७ गते मंगलबार दिउँसो २ बजे लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । यसअघि कञ्चनपुर र झरकडामा अन्तरक्रिया कार्यक्रम गरिसकेको अठोला परिवारले त्यसैको निरन्तरता स्वरुप लेकम गाउँपालिका भित्र बसोबास गर्ने अँठोला परिवारका सदस्यहरुको उपस्थितिमा ऐडिबाग माबि मैखोलीमा अन्तरक्रिया आयोजना गर्न लागेको हो ।

अँठोला परिवारलाई संगठित गर्ने उद्धेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा सबै अँठोलाजनमा सहभागिताका लागि अनुरोध गरिएको आयोजक समिति सदस्य शिमानन्द जोशीले बताउनुभयो । अँठोलाहरुको साझा संस्था निर्माणका लागि अहिलेसम्म भएका प्रयास, ज्योतिष र पन्चाङ्गको संरक्षणसंगै गुणात्मक विकास गर्ने, अँठोलाको तथ्यांक संकलन गर्ने, रेग्मीहरु र अँठोलाबिचको सम्बन्धबारे छलफल गर्ने लगायत विभिन्न विषयमा छलफल गरिने जोशीले बताउनुभयो । 

प्रतिक्रिया