Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १७ गते बिहिबार

कञ्चनपुरको बेलडाँडीमा टाईफाईट रोग बिरुद्धमा खोप अभियान संचालन हुने भएको छ । बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखाले चैत्र अन्तिम सातादेखि टाईफाई रोग बिरुद्धमा खोप अभियान संचालन गर्ने भएको हो । खोप बिरुद्धको अभियानका लागि स्वास्थ्य शाखाले आवश्यक पुरै तयारी गरेको छ । बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले २५ चैत्रदेखि खोप अभियान संचालन हुने बताए ।
बिहीबार टाईफाईट रोग विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाईफाईट खोपको सुरुवात सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बेलडाँडी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि संस्था गत विद्यालयका शिक्षक/ शिक्षिका लाई टाईफाईट रोग विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाईफाईट खोपको सुरुवात सम्बन्धि अभिमुखिकरण गरिएको हो । १५ महिना देखि १५ वर्ष सम्मका बालबालिका लाई लक्षित गर्दै बेलडाँडी गाउँपालिकामा रहेका सामुदायिक तथा निजि विद्यालयका ८ हजार बालबालिकालाई खोप दिने भएको छ । कार्यक्रममा स्वाथ्य शाखाका सिहेब मिना थापाले टाईफाईट रोग नियन्त्रणका लागि उदेश्य बारे प्रकास प्रार्नुभएको थियो ।
कार्यक्रममा हेल्थ असिस्टेन्ट अरबिन्द शाहीले कार्यपत्र प्रस्तुत गर्दै खोप कार्यक्रम ०७८ चैत्र २५ देखि २०७९ बैशाख १८ गते सम्म राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत उक्त अभियान संचालन हुने छ । २ सय भन्दा बढि विद्यार्थी भएका स्कुललाई खोप केन्द्र समेत तोकिने छ ।
खोपको अभियानको पुर्व सन्ध्यामा आइतबार बेलडाँडीका सम्पुर्ण वडाका महिला स्वयंसेविका,महिला शिक्षिका र जनप्रतिनिधि लाई अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ । अभिमुखिकरण कार्यक्रममा पालिका अन्तर्गत रहेका निजि तथा सामुदायिक बिद्यालयका शिक्षक/शिक्षिका ,पत्रकार लगायत स्वास्थ्य शाखाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>