Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
चाैमाला
घनश्याम पाैडेल
२०७८ चैत २३ गते बुधबार

गौरीगंगाका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाइदै

गौरीगंगा नगरपालिकाका बालबालिकाहरूलाई चैत्र २५ गते देखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
नगरपालिका स्वास्थ्य शाखाले मङ्गलबार टाइफाइड विरुद्धको खोप अभियान अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप  दिइन लागेको जानकारी दिएको थियो ।
गौरीगंगा नगरपालिकाले १६० जना स्वास्थ्यकर्मीहरु परिचालन गरेर करिब २० हजार ८ सय ४१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इश्वरी प्रसाद भुसालले नगरपालिकाका  विद्यालयमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २५ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन गरिने बताए छन् ।
यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको स्वास्थ्य समस्या नआउने भुसालले जानकारी दिएका छन् ।

टाइफाइड रोग भनेको के हो ?

टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोगको लक्षण के के हुन् ?

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको सङ्क्रमणबाट केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा सङ्क्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी जटिलता समेत देखा पर्न सक्छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>